६ आश्विन २०८१ आइतबार
image/svg+xml

मन्त्री मनाङेको गुण्डागर्दीमा कारबाही खोइ?

मन्त्रालयमा योजना कार्यान्वयनका विषयमा छलफल भइरहेका बेला मंगलबार मनाङेले आठौँ तहका कर्मचारी प्रकाश ओझामाथि कुटपिट गरेका हुन्।

विपद् जोखिम न्यूनीकरण गर्न तीन तहबीच सहकार्य आवश्यक: मुख्यमन्त्री

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विपद् जोखिम न्यूनीकरणका लागि तीनै तहबीच सहकार्य आवश्यक रहेको बताए।

प्लाष्टिकमुक्त कर्णालीका लागि कानुन बनाइँदै

मुख्यमन्त्री जीवनबहादुर शाहीले प्लाष्टिकका कारण वातावरण प्रदूषण हुनुका साथै अर्गानिक कर्णाली प्रदेश बनाउने अभियानमा बाधा पुगेकाले प्लाष्टिक नियन्त्रणका लागि कानुन बनाउन लागिएको बताए।

पाँचवटा बस वर्ष दिन थन्काएर संस्थालाई दिँदै मधेस सरकार

तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलको मन्त्रालयले खरिद गरेका ती बस पछिल्लो सरकारले कार्यविधिलाई कारण देखाएर सञ्चालनमा ल्याएन। अहिले आएर मधेस सरकार ती बस प्रयोग नगर्ने निर्णयमा पुगेको हो।

सांस्कृतिक पर्वले राष्ट्रियता एकता बलियो: मुख्यमन्त्री शाही

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले सांस्कृतिक पर्वले नेपालको राष्ट्रिय एकतालाई सुदृढ बनाउँदै आएको बताए।

कवाड बन्दै मधेस प्रदेश सरकारको पाँचवटा बस

मधेस प्रदेश सरकारले झन्डै डेढ वर्ष खरिद करोडौं रुपैयाँ खर्च गरेर खरिद गरिएको पाँचवटा बस कवाड बन्दै गएका छन्।

प्रजातन्त्र दिवसको अवसरमा सरसफाई तथा खाद्यान्न वितरण

प्रदेश सरकारले शनिबार बिहान सहिद पार्कमा सरसफाई कार्यक्रमको आयोजना गरेको थियो भने दिउँसो मानव सेवा आश्रम, प्रशान्ति बृद्धाश्रम र वादी सरोकार मञ्चमा पुगेर खाद्यान्न तथा सरसफाईका सामाग्री वितरण गरेको थियो।

महावीर पुन ‘गण्डकी रत्न’ बाट विभूषित हुने

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई गण्डकी प्रदेश सरकारले ‘गण्डकी रत्न’ बाट सम्मानित गर्ने भएको छ। उनले विज्ञान र प्रविधिको क्षेत्रका उन्नयनमा महत्वपूर्ण योगदान दिएका थिए।

लुम्बिनी प्रदेशले स्थापना दिवस दाङमा गर्ने

लुम्बिनी प्रदेश सरकारले प्रदेश सरकारको स्थापना दिवसका कार्यक्रमहरू दाङमा गर्ने भएको छ।

पहिलो पटक जनयुद्ध दिवस मनाउँदै मधेस प्रदेश सरकार

मधेस प्रदेश सरकारले पहिलो पटक अगामी फागनु १ गते जनयुद्ध दिवस मनाउने भएको छ। यसक्रममा सहिद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने भएको छ।

घटना थामथुम पार्न कागजी समिति

सिके राउत नेतृत्वको जनमत पार्टीले एक महिनादेखि किसानसँग सम्बद्ध मलखाद, बिउबिजन, सिँचाइ, बजार व्यवस्थापन, बाली तथा पशु बिमालगायतका समस्या समाधान गर्न आन्दोलन गर्दै आएको थियो।

किसानको समस्या समाधान गर्न उच्चस्तरीय समिति

आज बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयकुमार यादवको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो।

कर्णाली प्रदेशमा गैरसांसद मन्त्री बनाउने तयारी

सत्ता साझेदार दलमध्ये सबैभन्दा ठूलो माओवादी केन्द्रले चार मन्त्रालयमा दाबी गर्दै आएको छ। समाजवादीले वैशाख २ गतेको सहमतिअनुसार आफूले तीनवटा मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको छ। सत्ताको नेतृत्व गरिरहेको कांग्रे माओवादीलाई तीन र समाजवादीलाई दुई मन्त्रालय दिएर बाँकी रहने दुई मन्त्रालय आफू राख्न चाहन्छ।

‘चरिकोट अस्पताल बन्द हुन दिदैँनौं, एक साताभित्र बजेट पठाउँदैछौं’

बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले चरिकोट अस्पताल बन्द हुन नदिने र एक साताभित्रै सञ्चालनका लागि बजेट निकासा गर्ने तयारी भईरहेको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्