लागुऔषध दुरुपयोगको असरसँग जुध्न गृहमन्त्रीको आह्वान
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लागुऔषध दुरुपयोगबाट पर्ने बहुआयामिक असरसँग जुध्न सबै एकजुट हुनुपर्ने बताएका छन्।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लागुऔषध दुरुपयोगबाट पर्ने बहुआयामिक असरसँग जुध्न सबै एकजुट हुनुपर्ने बताएका छन्।
कैलालीस्थित जिल्ला कारागारभित्र लागुऔषधको सेवन गरेको भिडियो बाहिर आएको छ। भूपेन्द्र बडुवाल हत्याकाण्डका अभियुक्तहरुले लागुऔषध सेवन गरिरहेको भिडियो बाहिर आएको हो।
हाल संसद्बाट गाँजामाथिको प्रतिबन्ध हटाउने कानुन बन्न सक्यो भने पनि सरकारले इन्टरनेसनल नार्कोटिक कन्ट्रोल बोर्डलाई यसका लागि अनुरोध गर्नुपर्ने हुन्छ। बोर्डलाई विश्वस्त बनाउन सके गाँजामाथिको प्रतिबन्ध फुकुवाले विधिवत् मान्यता पाउनेछ।
गाँजा तान्दातान्दै अन्तिम पप कसले तान्ने विषयमा विवाद भयो र आपसमा धक्कामुक्की हुँदा मंसुर छतबाट लडेर घाइते भएका थिए। उपचारकै क्रममा प्रादेशिक अस्पताल जनकपुरधाममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
कैलालीको पूर्वी क्षेत्र लागु औषधको हब बनिरहेका बेला सुरक्षाकर्मी नै लागुऔषध ओसारपसारमा संलग्न रहेको पाईएको छ। इलाका प्रहरी कार्यालय टीकापुरले लागु औषध सहित एकजना सशस्त्र प्रहरीमा कार्यरत हवल्दार सहित दुईजनालाई पक्राउ गरेको छ।
कर्णालीमा पछिल्ला वर्षहरूमा लागुऔषध बिक्री र प्रयोगकर्ता बढेसँगै न्यूनीकरणका लागि सचेतना कार्यक्रम गरिएको प्रहरीले बताएको छ।
कर्णाली प्रदेश प्रहरी ब्युरो, लागुऔषध नियन्त्रण ब्युरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त प्रहरी टोलीले वीरेन्द्रनगरमा जमिनमुनि लुकाएको लागुऔषधसहित चार जनालाई नियन्त्रणमा लिएको छ।
रंगेली नगरपालिका–१ ववियाका ४२ वर्षीय मनोज राजवंशी र धनकुटा सहिदभूमि गाउँपालिका–२ का २९ वर्षीय बेचन भनिने हस्त राईलाई लागुऔषध गाँजासहित पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार लागुऔषध प्रयोगकर्ता र करोबार बढ्दै गएको हो।
थाइल्याण्ड, म्यान्मार र लाओसको मिलन हुने ’गोल्डेन ट्रायङ्गल’ नजिकै लामो समयदेखि तस्करीको अखडाका रुपमा रहेको उक्त विवाद भएको हो।
गोरखा नगरपालिका–१० छेवेटारबजारका ३० बर्षिय अजय गुरुङ र अर्का एक जनालाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
जुम्ला सडक संजालमा जोडिएपछि लागुऔषध भित्रिन थालेको छ। सडक जोडिएपछि ब्राउन सुगर बजारदेखि गाउँ र टोलसम्म पुगेको अवस्था छ।
जिल्ला अदालत सुर्खेतले लागुऔषध प्रयोगकर्ता र कारोबारीलाई सामान्य धरौटीमा छाडेको छ। कर्णालीमै सबैभन्दा बढी मात्रामा लागुऔषध बरामद गरिएको घटनाका आरोपित सामान्य धरौटीमा छुटेका हुन्।
लागुऔषधसहित दैलेखमा एक जनालाई पक्राउ गरिएको छ। नारायण नगरपालिका १ कुसाडाबस्ने वर्ष ३०को रोवट सिजापतीलाई लागु औषधसहित प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले लागूऔषधसहित रामेछाप, महोत्तरी, पर्सा र भक्तपुरबाट १० जनालाई पक्राउ गरेको छ।