१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

भूपेन्द्र बडुवाल हत्याकाण्डका अभियुक्तहरु कारागारभित्रै तान्छन् लागुऔषध

कैलालीस्थित जिल्ला कारागारभित्र लागुऔषधको सेवन गरेको भिडियो बाहिर आएको छ। भूपेन्द्र बडुवाल हत्याकाण्डका अभियुक्तहरुले लागुऔषध सेवन गरिरहेको भिडियो बाहिर आएको हो। 

सो हत्यामा संलग्न भएका र पुर्पक्षका लागि जेल चलान भएका नवीन रावल, अशोक रावल, महेश रावल, विकास शेरचन, विकास खड्कासहितको समूहले जेलर पदम तिमल्सेनालाई प्रभावमा पारेर त्यहाँ रहेका अन्य कैदीलाई समेत धम्क्याउदै लागुऔषध र मदिरा सेवन गर्ने गरेका थिए।  

सो भिडियो बाहिर आएपछि त्यहाँ डिउटीमा नेपाल प्रहरीका नायव प्रहरी निरिक्षक (सइ) चरन बूढाथाकी, असई योगेन्द्र बोहराको सरुवा भैसकेको छ।

प्रहरी स्रोतका अनुसार भूपेन्द्र हत्या काण्डका कैदीहरुको कुटपीटमा परी कारागारका आउटडोर चौकीदार सन्तोषकुमार शाही र खगेन्द्र बम लगायतका केही कैदीहरु पनि घाइतेसमेत भएका छन्। सो प्रकरणमा संलग्न भएको भन्दै १६ जना कैदी र केही कर्मचारीलाई जेलबाट सरुवा गरिएको छ। उनीहरुलाई भैरहवा, नेपालगन्ज र नवलपरासी लगायतका जिल्लाका कारागारमा सारिएको स्रोतले जनाएको छ। 

 

प्रकाशित: ३२ जेष्ठ २०८० ०७:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App