१६ असार २०८१ आइतबार
image/svg+xml
समाज

जुम्ला सडक सञ्जाल जोडिएसँगै भित्रिदै लागुऔषध

जुम्लाका स्थानीयले एक दशक पहिले लागुऔषध ब्राउन सुगरको नाम पनि सुनेका थिएनन्। ब्राउन सुगर के हो ? कस्तो हुन्छ ? यसले के प्रभाव पार्छ? भन्ने जानकारी पाएका नै थिएनन्। अहिले जुम्लाका नागरिकलाई कसरी आफ्ना बालबच्चा यसबाट जोगाउने भन्ने चिन्ताले पिरोलेको छ।

जुम्ला सडक संजालमा जोडिएपछि लागुऔषध भित्रिन थालेको छ। सडक जोडिएपछि ब्राउन सुगर बजारदेखि गाउँ र टोलसम्म पुगेको अवस्था छ। सुर्खेत, दैलेख, कालीकोट हुँदै जुम्ला, मुगु कर्णाली राजमार्गको २०६२ सालमा ट्र्याक खुलेको हो। त्यसयतादेखि ब्राउन सुगर भित्रिन थालेको प्रहरीको भनाइ छ।  

कर्णाली राजमार्ग खुल्नुअघि यहाँको एक मात्र यातायातको साधन भनेको हवाईजहाज थियो। हवाईजहाजबाट लागुऔषध एक पटक भित्रिएको थियो। त्यसपछि हवाईजहाजबाट लागुऔषध जुम्लामा भित्रिएको पाइँदैन।अहिले सडक मार्ग खुलेपछि लागुऔषध भित्रिएको प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द बताउँछन्।  

यसअघि जुम्लामा स्थानीयस्तरमै उत्पादन हुने भागो ९गाँजा० र चरेस नसाको रूपमा प्रयोग गर्ने गरेको स्थानीय बताउँछन्। तर, त्यसले ठूलो रूप लिएको थिएन। लुकिछिपी प्रयोगमा आउने गरे पनि कानुनी रूपमा बन्देज नै गरिएको थियो। अहिले ब्राउन सुगरले युवा पुस्तालाई बिगार्न थालेको पाइन्छ। चन्दननाथ नगरपालिका ५ का लक्ष्मी  कार्की बताउँछिन्। उनले भनिन्, यो नशामा युवा पुस्ता नराम्रोसँग फसेको छ। गलत साथीको सङ्गत, सीमा नाकामा चेक जाँचको अभाव तथा अभिभावको लापरबाहीका कारण युवाहरू लागु औषधको दुर्व्यसनीमा फस्दै गएका हुन्।  

प्रहरीले जति निगरानी बढाए पनि बाहिरबाट जुम्ला भित्रिन छाडेको छैन। ब्राउन सुगरको प्रभाव र असरका विषयमा विद्यालयस्तरमै सचेतना जगाउन आवश्यक रहेको उनको भनाइ छ। जुम्लाको प्रहरी र प्रशासनले बेलाबखत लागुऔषधको प्रयोगले गर्ने असरबारे पनि जिल्ला स्थित विद्यालय गएर विद्यार्थीलाई अन्तरक्रिया पनि गर्दै आइरहेको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाको तीन वर्षको तथ्यांक हेर्ने हो भने लागुऔषधको सेवन र कारोबारमा आर्थिक वर्ष २०७५/०७६ मा ५ वटा आर्थिक वर्ष २०७६/२०७७ मा  ६ वटा मुद्दा२०७७/०७८ मा ५ वटा मुद्दा आर्थिक वर्ष २०७८/०७९ वटा मुद्दा  ७ वटा मुद्दा चलाएर कार्वाही गरेको नायब  उपरीक्षक चन्दले  बताए।  

यीनै घटनामा एक सय भन्दा बढी व्यक्तिहरुले कारबाही भोगेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। ब्राउन सुगर रोकथाम तथा नियन्त्रण गर्नका लागि प्रहरीले सक्रियता बढाएको उनले बताए। उनले यस विषयमा विद्यालयस्तरमा सचेतना कार्यक्रम पनि संचालन गर्ने गरेको जानकारी दिए। लागु औषध समाजमा झाँगिन थालेपछि यसलाई नियन्त्रण गर्नका लागि प्रहरी प्रशासन र नागरिकलाई निकै चुनौतीको विषय बन्दै गएको छ।

प्रकाशित: २ मंसिर २०७९ १४:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App