१६ असार २०८१ आइतबार
image/svg+xml
समाज

लागुऔषध रोक्न प्रहरी सक्रिय

कर्णालीमा पछिल्ला वर्षहरूमा लागुऔषध बिक्री र प्रयोगकर्ता बढेसँगै न्यूनीकरणका लागि सचेतना कार्यक्रम गरिएको प्रहरीले बताएको छ।

प्रहरीले लागुऔषध कारोबारीलाई कर्णालीमा धमाधम पक्राउ गरेसँगै गाउँगाउँमा न्यूनीकरणका लागि सचेतना कार्यक्रम गरेको हो।

कर्णालीका विभिन्न जिल्लामा अशिक्षा, गरिबी, आधारभूत सचेतनाको कमीले दिन प्रतिदिन सामाजिक अपराध बढ्दै गएकाले सचेतना कार्यक्रम गरिएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ।

कर्णालीमा पछिल्ला वर्षहरूमा लागुऔषध बिक्री र प्रयोगकर्ता बढेसँगै न्यूनीकरणका लागि सचेतना कार्यक्रम गरिएको प्रहरीले बताएको छ।

अपराध हुनै नदिने उद्देश्यले प्रहरीले सचेतना कार्यक्रम गरेको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतले राष्ट्रिय युवा परिषद् प्रदेश युवा क्लब सञ्जालको सहकार्यमा वीरेन्द्रनगर नगरपालिका-१ मा लागुऔषध दुर्व्यसनी तथा घरेलु हिंसा सम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको छ। जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) ले मुसीकोट नगरपालिका-४ मा रहेको सिस्ने एकेडेमी स्कुलमा लागुऔषध दुव्र्यसनी न्यूनीकरणसम्बन्धी अन्तरक्रिया गरेको छ।

लागुऔषध तथा कुलतमा प्रायः किशोरकिशोरी तथा विद्यार्थी लागेका हुनाले विद्यालयमा अध्ययनरत विद्यार्थी लक्षित गरेर उक्त कार्यक्रम प्रहरीले गरेको हो। कार्यक्रममा शिक्षक, शिक्षिका, व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक र विद्यार्थी सहभागी गराइएको थियो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले राष्ट्रिय युवा परिषद् प्रदेश युवा क्लब सञ्जालको सहकार्यमा वीरेन्द्रनगर नगरपालिका-१ मा लागुऔषध दुर्व्यसनी तथा घरेलु हिंसा सम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको छ।

रुकुम (पश्चिम) को आठबिसकोट नगरपालिका-२ स्थित भगवती टोलमा बाल विवाह र लागुऔषध न्यूनीकरणसम्बन्धी जनचेतनामूलक कार्यक्रम समेत गरिएको छ। पछिल्लो समय पहाडका जिल्लामा बाल विवाह र लागु औषध प्रयोग बढ्दै गएको छ। उनीहरूलाई लक्षित गरेर प्रहरीले विद्यालयमा कार्यक्रममा गरिरहेको छ।

समाजमा विद्यमान यस्ता घटना रोकथाम तथा न्यूनीकरणका लागि सामाजका सबै नागरिक सचेत र जिम्मेवारी हुनुपर्ने कार्यक्रममा मुख्य रूपमा उठाइएको थियो।

कर्णाली प्रदेशमा सुर्खेत लागुऔषध दुव्र्यसनी, ओसारपोसार उच्च जोखिमयुक्त जिल्लाका रूपमा रहेको छ। चालु आर्थिक वर्षमा २०७९/८० को चैत मसान्तसम्ममा कर्णाली प्रदेशभर ८२ वटा मुद्दा दर्ता भएका छन्, जसमा १ सय ४३ जना पक्राउ परेका छन्।

कर्णाली प्रदेशमा सुर्खेत लागुऔषध दुव्र्यसनी, ओसारपोसार उच्च जोखिमयुक्त जिल्लाका रूपमा रहेको छ।

यस्तै चालु आवमा २०७९/८० को चैत मसान्तसम्ममा घरेलु हिंसा ५ सय १४ दर्ता भएका छन्। चालु आव २०७९/८० को चैत मसान्तसम्म कर्णाली प्रदेश प्रहरीले २ हजार १ सय ७५ वटा कार्यक्रम गरी करिब ९० हजार ९ सय ५३ जनाको सहभागिता रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता (एसएसपी) माधवप्रसाद श्रेष्ठले बताए।

प्रकाशित: १६ वैशाख २०८० ०१:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App