१६ असार २०८१ आइतबार
image/svg+xml
समाज

लागुऔषधको हव बन्दै जुम्ला

लागुऔषध नियन्त्रण सम्बन्धि अन्तरक्रिया। तस्बिर: गोल्डेन बुढा

जुम्लामा अत्याधिक रुपले लागुऔषध प्रयोग र करोबार बढ्दै गएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार लागुऔषध प्रयोगकर्ता र करोबार बढ्दै गएको हो। प्रहरी प्रशासनले लागुऔषध नियन्त्रणमा गर्न विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएपनि कारोबार प्रयोगकर्तामा कमी हुन सकेको छैन।  

यस्तो कार्यमा नयाँ पुस्ताको संलग्नता देखिएको डिएसपी नरेन्द्र चन्दले बताए। उनका अनुसार विद्यालय र एसइइ दिने विद्यार्थीलाई मध्येनजर गर्दै लागुऔषध प्रयोग गर्दा हुने नोक्सानीका विषयमा सचेतना कार्यक्रम गर्दै आइरहेको छ। उनले लागुऔषध नियन्त्रणमा प्रहरीको एकल प्रायसले मात्रै सम्भव नहुने जनाए। सबै राजनीतिक दल,नागरिक समाज सहयोगको जरुरत रहेको उनको भनाइ छ।

लागुऔषध निमुर्ल पार्नका जुम्लाका ८ वटै स्थानीय तहमै पुगेर अन्तरक्रिया गरिएको छ। जस अन्तर्गत पहिलोपटक सिंजा गाउँपालिका बाट शुरु भएको छ। डिएसपी चन्दले सिजा गाउँपालिकाका जनप्रतिनीधि र बिद्यालयका प्रधानाध्यापकबीच लागुऔषध नियन्त्रणका लागि अन्तरक्रिया कार्यक्रम गरिएको बताए। उनका अनुसार परिवार तथा अभिभावको हेलचक्य्राई र निगरानी अभावमा किशोरा अवस्थाका पुस्ता लागूऔषधको लतमा फस्दै जान थालेका छन्। जुम्ला प्रहरीका अनुसार लागूऔषधको लतमा फस्नेहरु १८ देखी  ४० वर्ष  सम्मका बढी रहेका छन्।

यस्तो छ प्रहरीको तथ्यांक 

जुम्लामा  आर्थिक वर्ष २०७७/७८मा  ब्राउनसुगर र चरेस गरी ५ वटा मुदा दर्ता भएका छन्।  त्यस्तै  आर्थिक वर्ष २०७८/७९मा ब्राउनसुगर र चरेस गरी ७  वटा मुदा दर्ता भएका छन्। त्यस्तै चालु आवमा ब्राउन सुगर र चरेसका  ४  वटा मुदा दर्ता भएका छन्।  जुम्ला प्रहरीको त्रिवर्षीय तथ्याङक हेर्दा  १८ देखी ४० वर्ष उम्मेरका ४४ जना प्रकाउ परेका छन्।  त्यस्तै  १८ वर्ष भन्दा मुनिका ३ जना रहेका छन्। ४० देखी ६० वर्षका २ जना रहेका छन्। प्रहरीको निगरानी बढेसँगै प्रयोगकर्ता पक्राउ पर्ने र मुद्दासमेत बढ्ने गरेको  जुम्लाका प्रमुख  जिल्ला अधिकारी  मुकेश कुमार केशरीले बताए।

उनका अनुसार पछिल्लो समय जुम्ला लागूऔषधको हब बन्दै छ। कक्षा  ८ देखी १२ सम्मका बिद्यार्थीहरु लागुऔषधको लतमा फसेको उनले बताए।  प्रजिअ केशरीले सबैभन्दा  बढी सचेत अभिभावक हुन जरुरी रहेको बताए।  ब्राउन सुगर, जस्ता लागुऔषधको बिषयमा पालिकाले पनि सचेतनाका कार्यक्रम गर्ने र लागुऔषध कारोबारीहरुको संजाल तोड्न  प्रहरी संग सहकार्य हुन जरुरी रहेको उनको छ।

त्यस्तै सिजा गाउँपालिका -२ का वडा अध्यक्ष तिर्थवडले लागुऔषधबारे सुक्ष्म अध्ययन र अनुसन्धान गरुरी रहेको बताए। उनले भने, 'पछिल्लो समयमा  लागुऔषधको अवस्था गम्भीर देखियो। त्यसैले सबै ढंगबाट सबै निकायहरु  नियन्त्रणमा लाग्न आवश्यक छ।'

प्रकाशित: १७ पुस २०७९ ०६:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App