२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

३ सय किलो गाँजासहित २ जना पक्राउ

ठूलो परिणामको लागुऔषध गाँजासहित २ जनालाई प्रहरीले रंगेलीबाट पक्राउ गरेको छ। रंगेली नगरपालिका–१ ववियाका ४२ वर्षीय मनोज राजवंशी र धनकुटा सहिदभूमि गाउँपालिका–२ का २९ वर्षीय बेचन भनिने हस्त राईलाई लागुऔषध गाँजासहित पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ।  

मनोज राजवंशीको गाई ग्वाली, कुखुराको खोर र परालको माचभित्र लुकाएर राखेको अवस्थामा १५ बोरामा प्याक गरेको करिब ३ सय ५० केजी गाँजा बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टीकाबहादुर कार्कीले जानकारी दिए।

मनोज राजवंशीकोमा ठूलो परिमााणको गाँजा लुकाइ रहेको छ भन्ने सूचनाका आधारमा खानतलासी गर्दा बोरामा प्याक गरेर लुकाएको अवस्थामा बरामद गरिएको डिएसपी कार्कीले बताए । हस्त राईले प्रयोग गर्दै आएको प्रदेश १–०२–०५० प २७९२ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ।  

राईले धनकुटादेखि रंगेलीसम्म गाँजा ल्याएर यहाँ भण्डार गर्दै गाँजा भारततर्फ तस्करी गरेर लैजान गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेकाविरुद्ध लागुऔषध कसुरमा मुद्दा चलाउन अनुसन्धान थालेको  प्रहरीले जनाएको छ।  

प्रकाशित: १८ पुस २०७९ १२:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App