१६ असार २०८१ आइतबार
image/svg+xml
समाज

लागुऔषधसहित चारजना पक्राउ

कर्णाली प्रदेश प्रहरी ब्युरो, लागुऔषध नियन्त्रण ब्युरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त प्रहरी टोलीले वीरेन्द्रनगरमा जमिनमुनि लुकाएको लागुऔषधसहित चारजनालाई नियन्त्रणमा लिएको छ।

वीरेन्द्रनगर नगरपालिका-३ पाथिभरा मन्दिरनजिकबाट प्रहरी कोठा र जमिनमुनि गाडेको अवस्थामा १५ ग्राम ९ मिलिग्राम ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको हो।

लागुऔषधसहित वीरेन्द्रनगर नगरपालिका-३ बस्ने २४ वर्षीय प्रितम शाही, ४ बस्ने १९ वर्षका अभिषेक बस्नेत, २० वर्षका रोहन धौलाकोटी र २६ वर्षका दिपेश थापा मगरलाई प्रहरीले नियन्त्रण लिएको हो। प्रहरीले प्रितम शाहीको कोठा र कोठानजिकै जमिनमुनिबाट लागुऔषध बरामद गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता माधवप्रसाद श्रेष्ठले बताए।

उनीहरूका साथबाट ब्राउन सुगरसहित २१ हजार ९ सय ४० रूपैयाँ फेला परेको छ। उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा थुनामा राखिएको छ। पछिल्ला दिनहरूमा प्रहरीले कर्णाली प्रदेशमा दुर्घटना न्यूनीकरण र लागुऔषध नियन्त्रणका लागि विशेष अभियान चलाइरहेको छ।

कर्णाली प्रदेशभर २०७९ साउन १ यता माघ २१ सम्म लागुऔषधसम्बन्धी एक सय ८ जना पक्राउ परेका छन्। उनीहरूबाट १ सय ९४ ग्राम ६४ मिलिग्राम ब्राउन सुगर, ४ सय ६ ग्राम गाँजा, ८७ मिलिग्राम चरेश, १ सय ७५ ट्याब्लेट नाइट्राजेपामसहित ५ लाख ८ हजार ७ सय ६५ रूपैयाँ बरामद भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। 

प्रकाशित: २६ माघ २०७९ ०१:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App