१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

मुलुक चलाउने कुरा मुखियाले गाउँ चलाएको जस्तो होइन:पूर्व सभामुख रानाभाट

फाइल तस्बिर

पूर्व सभामुख तारानाथ रानाभाटले देशलाई राम्रोसँग अघि बढाउने नेताको खाँचो रहेको बताएका छन्।

आइतबार संसद भवनमा ६६ औँ संसद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन। उनले देशलाई राम्रोसँग अघि बढाउने नेताको खाँचो हुँदा देशमा अहिलेको स्थिति सिर्जना भएको जिकिर गरे।

रानाभाटले मुलुक मुखियाले गाउँ चलाएको जस्तो नभएको धारणा पनि राखे।उनले नेपाल चलाउनु मात्रै नेताहरूको, सरकारको, प्रधानमन्त्रीको जिम्मेवारी नभएको भन्दै संसारभर रहेका आफ्ना मित्र, आफ्ना छिमेकी, आफ्नो व्यवस्थासँग व्यवस्था मिल्ने पद्धतिका विगतका क्रियाकलाप र आजका क्रियाकलापहरू एवं आफ्नो अनुकूल रहेका शासन व्यवस्था र पद्धतिलाई अध्ययन गरेर काम गर्ने कुरा संसद भित्रै सम्भव रहेको धारणा राखे। 

पूर्व सभामुख रानाभाटले सांसदहरू संसदमा आइसकेपछि कुनै जिल्ला, क्षेत्र र पार्टीको मात्रै नहुने जानकारी पनि दिए। 

प्रकाशित: १६ असार २०८१ १४:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App