१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

के छलफल भयो प्रधानमन्त्री दाहाल- ओली र रविबीचको भेटवार्तामा ?

फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ।

आईतवार सत्तारुढ दुई दलका नेताहरुबीच प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो।

भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।

प्रधानमन्त्री दाहालसँग भेट गरेपछि अध्यक्ष ओलीले भेटवार्ता भइरहने बताए। प्रधानमन्त्री र अध्यक्ष ओलीको भेटका क्रममा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पनि नियमित प्रक्रिया भएको प्रतिक्रिया दिए।  

प्रकाशित: १६ असार २०८१ १४:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App