१६ असार २०८१ आइतबार
image/svg+xml
समाज

गोरखामा लागुऔषध सहित दुई जना पक्राउ

गोरखामा लागुऔषध सहित दुई जना पक्राउ परेका छन्। गोरखा नगरपालिका–१० छेवेटारबजारका ३० बर्षिय अजय गुरुङ र अर्का एक जनालाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

पक्राउ परेकाहरुबाट प्रहरीले नियन्त्रित लागूऔषध डाईजेपाम ५८ पिस, फेनारगन ५८ पिस, नोफिन ५८ पिस, नगद २८ हजार रुपैयाँ र मोबाईल चार थान बरामद गरेको डिएसपी लिलाराज लामिछानेले जानकारी दिए।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गोरखा र प्रहरी चौकी बाह्रकिलोबाट खटिएको प्रहरीले घरमा लुकाई छिपाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरिएको जनाएको छ। पक्राउ परेकाहरुलाई आइतबार लागू औषध डाईजेपाम शीर्षकमा मुद्धा दर्ता गरी गोरखा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको छ।

प्रकाशित: ११ मंसिर २०७९ १३:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App