२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट १० जना पक्राउ

प्रहरीले रामेछाप, महोत्तरी, पर्सा र भक्तपुरबाट अवैध लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ।

रामेछापको खाँडादेवी गाउँपालिका–३ आँपचौर बस्ने ४९ वर्षीय नवराज खत्रीलाई २ केजी ५ सय ग्राम गाँजासहित बुधबार प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय खाँडादेवीबाट खटिएको प्रहरीले तलासी गर्ने क्रममा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो। 

महोत्तरीको जलेश्वर नगरपालिका–३ मलिबाराबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ५ हजार ४ सय ट्याब्लेटसहित सोही नगरपालिका–३ बस्ने ४८ वर्षीय ठेलुया मण्डललाई बुधबार प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी भिठ्ठामोडबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ठेलुयाको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो।  

पर्साको पर्सागढी नगरपालिका–२ बागवानाबाट १३ केजी ८ सय ग्राम चरेशसहित मकवानपुर मनहरी गाउँपालिका–८ बस्ने ४२ वर्षीया कल्पना मोक्तान लगायत ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ। जितपुरबाट मनवातर्फ आउँदै गरेको ना२ ह ३१८६ नम्बरको अटोलाई अस्थाई प्रहरी पोष्ट मनवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई उक्त वस्तुसहित फेला पारी पक्राउ गरेको हो। 

पर्साको वीरगन्ज महानगरपालिका–१७ अलौबाट नियन्त्रित लागूऔषध फेनारगन २ सय ५० एम्पुल, डाईजेपाम २ सय ५० एम्पुल र नुर्फिन २ सय ५० एम्पुल सहित सोही महानगरपालिका–११ राघेमाई बस्ने ३७ वर्षीय पारस महतो लगायत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ एबी ५३११९ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो। 

भक्तपुरको चाँगुनारायण नगरपालिका–८ जितपुरबाट ३ सय ग्राम गाँजासहित सोही नगरपालिका–७ बागेश्वरी बस्ने २४ वर्षीय सबिन जंग ढुंगाना लगायत २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ। बा ७७ प ३९७६ नम्बरको स्कुटरलाई प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरको डिक्कीमा लुकाई ल्याएको उक्त गाँजा सहित स्कुटरमा सवार उनीहरूलाई पक्राउ गरेको हो।

प्रकाशित: ३० भाद्र २०७९ ०९:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App