२२ वैशाख २०८१ शनिबार
image/svg+xml

चुनाव आयो भन्छन्, खै कहाँ आयो चुनाव?

चुनावमा गएर के गर्ने बेलुकीको छाक कसरी टार्ने भन्ने चिन्तामा रहनु परेको डुम्रेमा सडक व्यापार गर्दै आएकी गोर्खाको पालुङटार नगरपालिका–७ माहिलीटारकी ५० वर्षीया देवीमाया कुमाल बताउँछिन्। ‘चुनाव आयो भन्छन्। खै कहाँ आयो चुनाव? भोट दियो नेताले जित्छन्। न त फर्केर आउँछन् न त हाम्रो दुःख फेरिन्छन्,’ उनी भन्छिन्,

कपिलवस्तुमा ५ हजार सुरक्षाकर्मी र ३५ सय बढी कर्मचारी परिचालन

निर्वाचनलाई स्वच्छ र भय रहीत बनाउन आफूहरुले भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको उनले बताए। निर्वाचनमा तीन तहको सुरक्षा घेरा रहने छ। उता सुरक्षा स्थिति मजबुत बनाउन मदिरा बिक्री वितरणमा रोक लगाइएको छ भने ७२ घन्टा अघि नै सिमा नाका समेत बन्द गरिने भएको छ।

निर्वाचनको सरगर्मी उत्साहजनक र वातावरण शालिन: आयोग

देशभर हिउँदे चिसो बढेसँगै आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको चुनावी सरगर्मीको राप भने ह्वात्तै बढेको छ। पछिल्ला केही दिनयता निर्वाचन प्रचारप्रसारको काम सञ्चार माध्यमबाट प्रभावकारी रुपमा भइरहेको र उम्मेदवार पनि मत माग्न घरदैलो कार्यक्रममा व्यस्त रहेकाले चुनावको सरगर्मी तीव्ररुपमा अघि बढेको छ।

‘फुटेका हाडीका टुक्रा जोडेर बनाउने कटपुतली होइन देश’ – ओली

‘फुटेका हाडीका टुक्रा जोडेर बनाउने कटपुतली होइन हामीले देश बनाउने राष्ट्रिय शक्ती निर्माण गर्नु छ’उनले भने,‘देशको सार्भमौतसत्ताको, स्वाधिनताको रक्षा गर्न सक्ने, देशको भुमीको रक्षा गर्न सक्ने , देशको हित र जनताको हित संरक्षण गर्ने शक्ती बनाउनु छ’।

मतदाता शिक्षाप्रति मतदाता नै अनिच्छुक

‘ग्रामिण क्षेत्रका मतदाता खेतबारीमा छन्,‘जहाँ सहज हुन्छ त्यही पुगेर शिक्षा दिन अनुरोध गरेका छौं’ घिमिरेले भने।

सरकारको लोभ देखाउँदै उम्मेदवार

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच गठबन्धन भएको थियो। यस निर्वाचनमा ठीक विपरीत ढंगले चुनावी माहाेलअघि बढिरहेको छ। नेपाली काँग्रेस र माओवादी केन्द्रले एमालेलाई र एमालेले काँग्रेस र माओवादी केन्द्रलाई मुख्य प्रतिस्पर्धीको रुपमा लिएर खोचपेच गर्दै आइरहेका छन्।

उदयपुर १ मा खड्का र चौधरीको रोमाञ्चकारी भिडन्त हुने

डा. खड्का यसअघि तीन पटक जितेर ‘ह्याट्रिक’ गरिसकेका र पटक-पटक मन्त्री भइसकेको मात्र नभएर सत्तारुढ दलहरुको गठबन्धनका कारण पनि ‘हेबिवेट’ उम्मेदवार मानिन्छन्। ०६४ र ०७० को संविधानसभा चुनाव जितेका उनी नयाँ संविधान बनेपछि कार्यान्वयनका लागि भएको ०७४ को चुनाव जिते पनि जित सहज रहेकोमा ढुक्क छन्।

अर्घाखाँचीमा भुसाललाई गठबन्धनको बल, रायमाझीलाई ‘पपुलर’ भोटको आश

११ जना संघीय उम्मेदवार रहेपनि जिल्लामा दुई जनाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। करिब १० वर्षपछी प्रत्यक्ष चुनाव लड्न लागेकी भुसाल र १५ वर्षदेखी निरन्तर सांसद रहँदै आएका रायमाझी पहिलो पटक आमने–सामने हुन लागेका हुन्।

प्रतिस्पर्धामा पुरानै अनुहार

सिलवाल र राणा २०७४ सालको निर्वाचनका पनि प्रतिस्पर्धी हुन्। २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार सिलवाल २६ हजार ९५१ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार राणाले २० हजार ७२९ मत पाएका थिए।

उम्मेदवार भन्छन्ः हामी बनाउँछौ सुन्दर, समृद्ध, सम्पदा सहर

संयुक्त रुपमा जारी प्रतिबद्धतामा प्राप्त भएका उपयुक्त विचार, सुझाव, सल्लाह र पृष्ठपोषणलाई हामी आत्मसात गर्नेछौं र ती विचार, सुझाव र पृष्ठपोषणहरुलाई प्रतिनिधिसभा, प्रदेशसभा, स्थानीय तहसम्म सशक्त ढंगले राख्ने उल्लेख छ।

आयोगबाट तोकिएको मापदण्डका आधारमा सम्पर्क कार्यालय खोल्नुपर्ने

राजनीतिक दल वा उम्मेदवारले सम्पर्क कार्यालय स्थापना गरेको जानकारी निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा तुरुन्त उपलब्ध गराउनुपर्छ।

स्वतन्त्रसहित दलहरुको प्रचारप्रसार तीव्र

प्रमुख राजनीतिक दलका अलावा स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारले आआफ्नो क्षेत्रभित्र प्रचारप्रसारको कामलाई तीव्र पारेका छन्।

बाजुरामा हेलिकप्टरमार्फत् मतपत्र आइपुगे

बाजुरा हिमाली जिल्लाको सूचीमा रहेकोले निर्वाचन आयोगले हेलिकप्टरमार्फत् मतपत्र ढुवानी गरेको हो। नौ वटै पालिकाका ७० वटा मतदान स्थलकामा आवश्यक मतपत्र बाजुरा आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ।

भक्तपुरमा एमालेको घरदैलो कार्यक्रमः सूर्यमा भोट, अरुलाई चोट

विभिन्न प्रकारका झाँकीहरुसहित निस्किएको घरदैलो कार्यक्रममा स्वतःस्फूर्त रुपमा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो। उपस्थिति स्थानीयवासीले 'महेश आउ, भक्तपुर समृद्ध बनाउन', 'महेश बस्नेत जिन्दावाद, नेकपा एमाले जिन्दावाद', 'महेश बस्नेत हाई, हाई अरुलाई वाई वाई', 'भोट फर महेश बस्नेत', सूर्यमा भोट अरुलाई चोट, सूर्यमा भोट झ्याप झ्याप, आमाबुबा दाजुभाई भोट हालौं सूर्यलाई लगायतका नाराहरु लगाएका थिए।

एक सय मतदान केन्द्र अपाङ्गतामैत्री बनाइँदै

निर्वाचन आयोगले गरेको निर्णय अनुसार ती केन्द्रमा साङ्केतिक भाषा सूची, त्यहाँ खटिने कर्मचारीलाई साङ्केतिक भाषा प्रयोगसम्बन्धी अभिमुखीकरण, मतदान गर्ने तरिकासम्बन्धी ब्रेल समाग्री, रङ्गीचङ्गी डोरी तथा पोल, र्‍याम्प निर्माण, ह्वीलचेयर प्रवेश गर्न सक्ने मतदान केन्द्र निर्माण, अपाङ्गता भएका व्यक्तिका लागि टेबुल तथा कुर्सीको व्यवस्था गरिनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्