८ वैशाख २०८१ शनिबार
समाज

कपिलवस्तुमा ५ हजार सुरक्षाकर्मी र ३५ सय बढी कर्मचारी परिचालन

मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनलाई मध्यनजर गर्दै कपिलवस्तुमा झण्डै ५ सुरक्षाकर्मी र ३५ सय बढी कर्मचारी परिचालन गरिएको छ। निर्वाचनलाई स्वच्छ निष्पक्ष र भयरहीन वातावरणा संपन्न गर्न म्यादी, नेपाल र सशस्त्र प्रहरी र नेपाली सेना गरी सुरक्षाकर्मी परिचालन गरिएको हो।

प्रजिअ तथा जिल्ला सुरक्षा समितिका अध्यक्ष धर्मेन्द्रकुमार मिश्र अनुसार निर्वाचनलाई लक्षित गरी सो परिचालन गरिएको हो। २ हजार ४ सय बढी म्यादी तथा नेपाल प्रहरी, सशस्त्र नेपाली सेना गरी सो परिचालन गरिने भएको हो। निर्वाचनमा सुरक्षालाई विशेष ध्यान दिइएको प्रहरी उपनिरीक्षक प्रेमबहादुर बस्नेतले बताए।

निर्वाचनलाई स्वच्छ र भय रहीत बनाउन आफूहरुले भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको उनले बताए। निर्वाचनमा तीन तहको सुरक्षा घेरा रहने छ। उता सुरक्षा स्थिति मजबुत बनाउन मदिरा बिक्री वितरणमा रोक लगाइएको छ भने ७२ घन्टा अघि नै सिमा नाका समेत बन्द गरिने भएको छ।

जिल्लामा २८ मतदान स्थल सुरक्षाको दृष्किोणले अति संवेदनशील सूचीमा राखिएको छ। जिल्ला सुरक्षा समितिले मतदानको समय र त्यस अघि हुन सक्ने घटनालाई मध्यनजर गरी २८ मतदान स्थललाई अति संवेदनशील सूचीमा राखेको हो। प्रजिअ धमेन्द्रकुमार मिश्रले जिल्लामा रहेका २ सय ३४ मतदानस्थललाई सुरक्षाका दृष्टिकोणले तीन तहमा वर्गीकरण गरिएको बताए।

जिल्ला सुरक्षा समितिले निर्वाचनस्थलको निरीक्षण अनुगमनपछि स्थलहरुलाई वर्गीकरण गरेको हो। जिल्लामा विगतका निर्वाचनमा भएका गतिविधि, सुरक्षा संवेदनशीलता लगायतका विषयमा छलफल गरी मतदान स्थलको वर्गीकरण गरिएको बताए। ‘पहिला भएका निर्वाचनमा देखिएका गतिविधि र अब हुनसक्ने गतिविधिलाई आधार बनाइ वर्गीकरण गरिएको हो’ उनले भने।

समितिले १ सय ७ लाई संवेदनशील, र ९९ मतदान स्थललाई सामान्यको सूचीमा राखेको छ। मतदान स्थलको तहगत विवरणका आधारमा सुरक्षा रणनीति बनाइएको छ। प्रमुख जिल्ला अधिकारी मिश्राले  निर्वाचनस्थलको निरीक्षणपछि मतदान स्थलको सुची निर्धारण गरिएको बताए। यस्तै प्रतिनिधि सभाको ३ र प्रदेश सभाको ६ सिट रहेको कपिलवस्तुमा ३ हजार ५८० कर्मचारी परिचालन गरिएका छन्।

जिल्लामा २ सय ३४ स्थायी र कारागारमा १ स्थल गरी २ सय ३५ मतदान स्थल छन। त्यस्तै ४ सय ७३ मतदान केन्द्र छन्। प्रत्येका केन्द्रमा १ मतदान अधिकृत एक सहायक मतदान अधिकृत ५ सहायक कर्मचारी र एक सहयागी कर्मचारी हुनेछन्। यस्तै प्रत्येक केन्द्रमा ३ जनाका दरले स्वयमसेवक कर्मचारी समेत राखिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख राजीव पन्थीले बताए।

उता मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई एक दिने अभिमुखीकरण कार्यक्रम समेत दिइएको क्षेत्र नम्बर २ को सहायक निर्वाचन अधिकृत सुमन पाण्डेयले बताए। उता जिल्लामा पहिलो पटक कारागारलाई अस्थायी मतदान केन्द्र गरिएको छ। कारागारमा रहेका ५७ जना कैदीबन्दीले मतदान गर्नेछन्। कैदीबन्दीले प्रतिनिधिसभाको समानुपातिकतर्फ मात्र मतदान गर्न पाउनेछन्।

प्रकाशित: २८ कार्तिक २०७९ ०५:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App