१० आश्विन २०८१ बिहीबार
image/svg+xml

यो गठबन्धन एउटा चुनावका लागि मात्र होईन: दाहाल

शनिबार बिहान पालुङटारमा आयोजित चुनावी सभामा बोल्दै उनले प्रतिगमनको खतरा रहँदा सम्म गठबन्धन अघि बढिरहने बताए।

चुनावको मुखमा नक्कली नोटको बिगबिगी

जाली बोट कारोवारीलाई नियन्त्रणमा लिएपछि गाउँलेले प्रहरीमाथि आक्रमण गरेको छ। गाउँले तथा प्रहरीसितको झडपमा सात प्रहरी र दुई म्यादी प्रहरी गरी ९ सुरक्षाकर्मी घाइते भएका छन्। प्रहरीले आत्म रक्षाका लागि दुई राउन्ड गोली हवाइ फायर गरेको प्रहरीले जनाएको छ।

धनुषा २ः सातौं पटक चुनावी मैदानमा उत्रिए झा, पुरानै दुई प्रतिस्पर्धी, गंगारामको इन्ट्री

काँग्रेसका रामकृष्णले नेकपा (माओवादी केन्द्र) र लोकतान्त्रिक समाजवादीको साथ पाएका छन् भने एकीकृत समाजवादीको रामचन्द्र एक्लै प्रतिस्पर्धामा उत्रेका छन्। दुवै दलका उम्मेदवारले एकअर्कालाई नछाड्ने अडानमा अडकिएपछि गठबन्धनभित्रै मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति भएको छ। त्यस्तै अन्य क्षेत्रमा एमाले र जसपाको गठबन्धन भएपनि यहाँ गठबन्धन भएको छैन।

प्रदेश सभा सांसदमा नयाँ अनुहार

पार्टीभित्र निकै चुनौती मोलेर उनीहरु चुनावी मैदानमा उम्मेदवारका रुपमा प्रस्तुत भएका छन्। चुनावमा पुराना र दोहोरिने नेताहरु हावी हुने प्रचलनलाई तोड्दै नयाँ अनुहार सांसदका रुपमा उम्मेदवार मत माग्दै घरदैलोमा पुगेका हुन्।

प्रधानमन्त्री देउवा धनगढीमा, कार्यकर्ता भेटघाटमा व्यस्त

आइतबारदेखि धनगढीमा रहेका देउवाले आसन्न चुनावका लागि पार्टीका तर्फबाट टिकट वितरणपछि असन्तुष्ट भएका र निस्क्रिय रहेका नेता कार्यकर्तालाई बोलाएर पार्टीको पक्षमा लाग्न आग्रह गरेका छन्।

पर्वतमा खानेपानी र विद्युत् चुनावी मुद्दा

एक मात्र निर्वाचन क्षेत्र रहेको पर्वतमा दशकयता खानेपानी र विद्युत् समस्या छैन। बरु विद्युत् उत्पादन गरेर अरू जिल्लालाई दिइरहेको छ पर्वत। यसअगाडिका जनप्रतिनिधिले यी अजेन्डामा काम गरेकाले यस्तो भएको हो।

घोषणापत्र नबनोस् झुटको खुला पत्र

चुनावी घोषणापत्र देश विकासको पूर्व मार्गचित्र हो। जनताको जीवनस्तर उकास्ने र हक अधिकार स्थापित गर्ने संकल्प हो।

उदयपुर १ मा खड्का र चौधरीको रोमाञ्चकारी भिडन्त हुने

डा. खड्का यसअघि तीन पटक जितेर ‘ह्याट्रिक’ गरिसकेका र पटक-पटक मन्त्री भइसकेको मात्र नभएर सत्तारुढ दलहरुको गठबन्धनका कारण पनि ‘हेबिवेट’ उम्मेदवार मानिन्छन्। ०६४ र ०७० को संविधानसभा चुनाव जितेका उनी नयाँ संविधान बनेपछि कार्यान्वयनका लागि भएको ०७४ को चुनाव जिते पनि जित सहज रहेकोमा ढुक्क छन्।

राजाले गराएको नगर चुनाव

चन्दलाई हटाएर राजाले फेरि सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाए। त्यसले आन्दोलन मथर हुनुको साटो झन बढ्दै गएपछि राजा फेरि शेरबहादुर देउवालाई २०६१ जेठमा प्रधानमन्त्री नियुक्त गरे। देउवा नेतृत्वको पार्टीले त्यसलाई स्वागत गर्‍यो भने पाँच दलसँग आन्दोलनमा रहेको नेकपा एमाले पनि सरकारमा जान हतारियो।

दुई सहयात्रीबीच प्रतिस्पर्धा

एमालेको एउटै कमिटीमा लामो समय काम गरेका र अघिल्ला निर्वाचनमा सहयोगी भूमिका निभाएका भुसाल र विश्वकर्मा यसपालि भने एकले अर्काको उछितो काडिरहेका छन्। विश्वकर्मा एमाले सचिव हुन्। भुसाल एमाले पार्टी छोडेर स्वतन्त्र रूपमा त्रिभुज लिएर चुनावी मैदानमा उत्रेका छन्। उनलाई सत्ता गठबन्धनको साथ छ। विश्कर्मालाई उनकै गठबन्धन राप्रपा र जसपाको साथ छ।

उदयपुरमा ४ दलको ‘चुनाव बहिस्कार’ अभियान

आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावलाई यहाँ क्रियासिल ४ राजनीतिक दलहरुले बहिस्कार गर्ने घोषणा गरेका छन्।

आफ्नो गृहजिल्लामा व्यस्त रहेका देउवाले आज पनि चुनावीसभालाई सम्बोधन गर्दै

उनले बिहीबार अमरगढी, शुक्रबार दुई वटा पालिका गन्यापधुरा र नवदुर्गा गाउँपालिकाका चुनावीसभा र शनिबार अजयमेरु गाउँपालिका भद्रपुर र भागेश्वर गाउँपालिकामा आयोजित सभालई सम्बोधन गरिसेका छन्।

दैलेख १ मा पूर्व सहकर्मीहरु नै आमने–सामने

पूर्व सहकर्मीबीच कसले बाजी मार्ने भन्ने रोचक चुनावी प्रतिस्पर्धा भएको छ। चुनाव पुरानाले जिते पार्टीको साख जोगिने र नयाँ पार्टीले जिते राजनीति रुपमा फड्को मार्ने देखिन्छ। प्रतिनिधिसभामा ९ जना उम्मेदवारहरु चुनावी मैदानमा होमिएका हुन्।

एमाले र जसपाका ४ दर्जन नेता कार्यकर्ता माओबादी प्रवेश

माओबादी प्रवेश गर्नेहरुमा एमाले जिल्ला कमिटी सदस्य जयप्रसाद आचार्य (जेपी), दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ८ का अध्यक्ष रबिन्द्रकुमार राई, सदस्यहरु जीतबहादुर राई, दिपेन्द्र राई, नवराज भुजेल, मणिराज राईलगायत १५ जना रहेका छन्। उनीहरुले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दैं एमाले परित्याग गरी बिना शर्त माओबादीमा प्रवेश गरेको जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्