१० आश्विन २०८१ बिहीबार
image/svg+xml

मतका लागि किसानको खेतबारी जोत्न पुगे उम्मेदवार

जनताको घरदैलोदेखि किसानको खेतबारीसम्मै पुगेर उम्मेदवारले मतदानका लागि आग्रह गरिरहेका छन्। कार्तिकको व्यस्त समयमा मतदाता गाउँमा कम भेटिने भएपछि किसानहरुकै खेतबारीमा पुगेर नेताहरु प्रचार गरिरहेका छन्। हलो जोत्ने, धान काट्न सहयोग गर्ने, कोटो टिप्न लाग्ने लस्ता गतिविधिमा नेताहरु सक्रिय देखिएका छन्।

राजनीतिक दलका चुनावी नाराः छुँदैनन् प्राकृतिक प्रकोपको सकसलाई

प्राकृतिक प्रकोपले बेलाबेला ठुलो मार पार्ने गरेको छ। तर, ती मुद्धा राजनीतिक दलको चुनावी नारा कहिल्यै बन्दैनन। दलहरुको नारा केवल विकास निर्माण र भौतिक पूर्वाधारमा मात्र केन्द्रीकृत हुने गरेका छन्।

धनुषा ४ मा पुरानै तीन प्रतिस्पर्धीः महेन्द्रको लागि महाजन हुनसक्छन् बाधक, महासेठलाई गठबन्धनको डर

यहाँ प्रमुख तीन दलका नेतासहित २९ जना प्रतिनिधिसभा सदस्य पदका उमेदवार प्रतिस्पर्धामा छ। पाँच दलिय गठबन्धनबाट नेपाली काँग्रेसका सह–महामन्त्री महेन्द्र यादव, नेकपा (एमाले)का सचिव रघुविर महासेठ र जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य महाजन यादव प्रमुख दलका उमेदवार छन्।

गण्डकीमा स्वतन्त्र उम्मेदवार प्रभावहीन

संघीय राजधानी काठमाडौं लगायत विभिन्न सहरमा स्वतन्त्र उम्मेदवारहरू आकर्षक अजेन्डा लिएर तामझामका साथ चुनावी प्रचारमा जुट्दै गर्दा गण्डकी प्रदेशको परिस्थिति भने फरक छ।

'जनताले काँग्रेस नेतृत्वकै सरकारको चाहना राखेका छन्'

'राजनीतिक दल मात्र होइन, नेपाली जनतालेसमेत काँग्रेस नेतृत्वकै सरकारको चाहना राखेका छन्। काँग्रेस सरकारमा भएकै समयमा विद्यालय, कलेज, सडक, विद्युत्, अस्पताल र एयरलायन्स व्यापक मात्रामा विस्तार भए, अब काँग्रेस गाउँका सडक बाह्रैमहिना सञ्चालन गर्ने योजनाका साथ अगाडि बढ्छ',

अर्घाखाँचीमा तीन दलले चुनाव बहिष्कार गर्ने

नेपालमा भ्रष्टाचार, अत्याचार र अन्यायका घटना बढीरहेको भन्दै पछिल्लो समय नेपालमा वाइडबडी जहाजमा भएको भ्रष्टाचार, सेक्युरिटी प्रिन्टीङ्ख प्रेस खरिदमा भएको अनियमितता, सुन काण्ड, ओम्नी कान्ड, बतास काण्ड, एनसेललाई ट्याक्स मिनाहा, निर्मला पन्तको हत्या प्रकरणमा राज्यको मौनता, निरन्तर सरकार बदली जस्ता संसदीय व्यवस्थाको चारित्रिक विशेषता भएको भन्दै जनताले यसको विकल्प खोजेकाले निर्वाचन बहिष्कार गर्ने उनिहरुले जनाएका छन्।

सप्तरी २: दुई दलका दुई राष्ट्रिय अध्यक्षको साख दाउमा

यस क्षेत्रका निर्णायक मतदाताहरु मौन छन्। यस क्षेत्रका मतदाताहरु मत माग्न आउने तीनै जना मुख्य प्रतिस्पर्धी उम्मेदवारलाई हुन्छ-हुन्छ भनिरहेका छन्। मत माग्न आउने उम्मेदवारहरुलाई मतदाताहरु आश्वासन दिँदै फर्काइरहेका छन्। तर मतदान गर्ने उम्मेदवारलाई मतदाताहरुले यसपाली मन भित्रै राख्दा यस क्षेत्रको चुनावी परिणामको आंकलन जटिल बनेको छ।

काँग्रेस र एमालेका आर्थिक एजेण्डामा फरक के?

चुनावी घोषणापत्रमा नेपाली काँग्रेस र नेकपा एमालेले मुख्य गरेर समृद्ध नेपाल बनाउनको लागि राष्ट्रिय अर्थतन्त्र, कृषि, रोजगारी, उद्योग र पूर्वाधार विकासलाई प्राथमिकता दिएका छन्। दुवै पार्टीले प्राथमिकतामा राखिएका विषयमा गरेका घोषणामा के फरक छ त?

चुनावी घोषणापत्रको बाढी

कागजको साधारण पाता होइन घोषणापत्र ! घोषणापत्र पार्टीको विचार, नीति–सिद्धान्त र कार्यक्रमको पूर्ण दस्ताबेज हो। यसैको आधारमा निर्वाचित सांसदहरूको बहुमतबाट बनेको सरकारले मुलुक सञ्चालन गर्ने हो। ख्यालठट्टाको दस्ताबेज होइन घोषणापत्र!

यस्ता छन् प्रमुख राजनीतिक दल काँग्रेस र एमालेका आर्थिक एजेण्डा

चुनावी घोषणापत्रमा नेपाली काँग्रेस र नेकपा एमालेले मुख्य गरेर समृद्ध नेपाल बनाउनको लागि राष्ट्रिय अर्थतन्त्र,कृषि,रोजगारी,उद्योग र पूर्वाधार विकासलाई प्राथमिकता दिएका छन्। दुवै पार्टीले प्राथमिकतामा राखिएका विषयमा गरेका घोषणामा के फरक छ त ? यसको पनि तुलना गरौँ।

निर्वाचन आयोगले एकै दिन साेध्याे नौ स्पष्टीकरण

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिताको पालना गर्न सबैमा आग्रह गर्दै उल्लङ्घनका उजुरी र सूचना प्राप्त भएमा अनुसन्धान र कारबाही प्रारम्भ हुने बताए।

सत्ताका लागि काँग्रेसको अपवित्र गठबन्धनः नेता बस्नेत

‘विपीले प्रतिपादन गरेको काँग्रेसको प्रजातन्त्र माओवादीसँगको गठबन्धनले खिल्ली उडाएको छ’ पूर्वमन्त्रीसमेत रहेका बस्नेतको भनाइ थियो ‘जाँड रक्सी र गाँजा सेवन गराएर जनता मार्ने पार्टीसँग काँग्रेस मिल्नुले प्रजातन्त्रको संरक्षण र जनताको भावना सम्बोधन हुन सक्दैन।’

चुनाव आयो, सडक आएन

प्रत्येक पटक चुनाव आयो कि उम्मेदवारहरु सडक बनाइदिन्छु भनेर मुद्धा लिएर मत लिएर जितेर जान्छन् पनि तर सडक भने अहिलेसम्म पूरा भएको छैन। कहिले निर्माण पूरा हुने हो अझै अनिनिश्चत नै छ। भक्तपुरको कमलविनायक भत्केकोपाटी देखि नगरकोटसम्म पुग्ने १६ किलोमिटर लामो सडक अहिले पनि निर्माणाधिन नै छ।

मुलुकको आर्थिक विकासका लागि ठूलै धक्का दिनुपर्छः दाहाल

'हामीले अब १०/१५ वर्षमा जे अनुभव गरियो। विकासमा भएजस्तो पनि भएको छ, छैन जस्तो पनि भएको छ। त्यो स्थितिको अन्त्य अब सामान्य रुपले हुँदैन। क्रमभंग गरेरै गर्नुपर्दछ। ठूलै धक्का दिएर गर्नुपर्छ भनेर भनिएको छ।’

माओवादीको घोषणापत्र: स्थायित्व र समृद्धिको लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति

संघमा ५१ प्रतिशत मतद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र राष्ट्रपतिद्वारा गठित मन्त्रीमण्डल रहने व्यवस्था गरिनेगरी प्रस्ताव गरिएको छ। संसद्लाई पूर्ण रूपमा विधायन क्षेत्रमा केन्द्रित हुने गरी व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्