११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अर्घाखाँचीमा तीन दलले चुनाव बहिष्कार गर्ने

अर्घाखाँचीमा तीन राजनीतिक दलले चुनाव बहिष्कार गर्ने घोषणा गरेका छन्। ‘चुनाव अवज्ञा र बहिष्कार गरौं’ भन्ने मान्यताका साथ तीन दलले चुनाव बहिष्कार गर्ने जनाएका छन्।

संसदीय निर्वाचन र यसको औचित्य विषयक संयुक्त अन्तरक्रिया कार्यक्रम सदरमुकाम सन्धिखर्कमा सम्पन्न गर्दै नेपाल कम्युनिष्ट पार्टी (बहुमत), नेकपा मशाल र नेकपा क्रान्तिकारी (माओवादी) ले निर्वाचन बहिष्कार गर्ने जनाएका हुन्।

नेपालमा भ्रष्टाचार, अत्याचार र अन्यायका घटना बढीरहेको भन्दै पछिल्लो समय नेपालमा वाइडबडी जहाजमा भएको भ्रष्टाचार, सेक्युरिटी प्रिन्टीङ्ख प्रेस खरिदमा भएको अनियमितता, सुन काण्ड, ओम्नी कान्ड, बतास काण्ड, एनसेललाई ट्याक्स मिनाहा, निर्मला पन्तको हत्या प्रकरणमा राज्यको मौनता, निरन्तर सरकार बदली जस्ता संसदीय व्यवस्थाको चारित्रिक विशेषता भएको भन्दै जनताले यसको विकल्प खोजेकाले निर्वाचन बहिष्कार गर्ने उनीहरुले जनाएका छन्।

विगत चार दशकदेखि नेपालमा रहेको संसदीय व्यवस्थाका कारण अहिलेसम्म राष्ट्रले निकास पाउन नसकेकाले पुनः यही व्यवस्थामा आफुहरु निर्वाचन नलड्ने नेकपा (बहुमत) का  ब्युरो सदस्य  तथा रुपन्देही संयोजक सुनिल बन्जाडेले बताए। तीन दलद्वारा प्रस्तुत गरिएको कार्यपत्रमा नेपाली जनताको हित गर्ने नौलो जनवाद हुँदै वैज्ञानिक समाजवाद स्थापनाका लागि अगाडि बढ्ने निति तथा कार्यक्रमसहित कार्यपत्र प्रस्तुत गरिएको थियो।

प्रकाशित: १६ कार्तिक २०७९ ०६:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App