२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमाले र जसपाका ४ दर्जन नेता कार्यकर्ता माओबादी प्रवेश

माओबादीमा नवप्रवेशीहरु सामुहिक फोटो खिच्दै । तस्विरः महेश्वर

आगामी मंसिर ४ गते हुन गईरहेको प्रदेश तथा प्रतिनिधिसभा चुनाव नजिकिदै गर्दा एमाले र जनता समाजबादी पार्टी (जसपा)का नेता तथा कार्यकर्ताहरु माओवादी प्रवेश गरेका छन्। बाम लोकतान्त्रिक गठबन्धनको अगाडि चुनाव जित्न नसक्ने ठहर गर्र्दै एमाले र जसपाका नेता कार्यकर्ता नेकपा (माओबादी केन्द्र)मा प्रवेश गरेका हुन्।  

जस अनुसार एमालेका अगुवा दर्जन नेतासहित जनता समाजवादी पार्टीका गरी ५ दर्जन नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेका हुन्। माओबादी प्रवेश गर्नेहरुमा एमाले जिल्ला कमिटी सदस्य जयप्रसाद आचार्य (जेपी), दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ८ का अध्यक्ष रबिन्द्रकुमार राई, सदस्यहरु जीतबहादुर राई, दिपेन्द्र राई, नवराज भुजेल, मणिराज राईलगायत १५ जना रहेका छन्। उनीहरुले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दैं एमाले परित्याग गरी बिना शर्त माओबादीमा प्रवेश गरेको जनाएका छन्।  

त्यसैगरी जसपा त्यागेर माओवादी प्रवेश गर्नेहरुमा पार्टीनिकट विद्यार्थी युनियनका प्रदेश १ अध्यक्ष तथा खोटाङ प्रचार विभाग प्रमु्ख रविन खम्बु, केन्द्रीय सचिवालय सदस्य तथा स्वरोजगार विभाग प्रमुख गजेन्द्र राईलगायत ३८ जना रहेका छन्। खम्बूको नेतृत्वमा जसपाका विभिन्न महत्वपूर्ण जिम्मेवारीमा रहेका नेता कार्यकर्ताहरु माओवादीमा प्रवेश गरेको स्वयंले घोषणा गरेका छन्।  

त्यसैगरी जसपा जिल्ला सचिवालय सदस्य एवं दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष पृथ्बीकुमार राई, जिल्ला सचिवालय सदस्य मेघराज राई, प्रवास समिति कतारका उपाध्यक्ष गजेन्द्र खालिङ राई, दिक्तेल रुपाकोट मझुवागढी नगर समिति सहसचिव सौराज राई, खोटाङ–काठ्माडौं सम्पर्क समिति सदस्य प्रज्वल राईलगायत नेता कार्यकर्ता पनि माओवादीमा प्रवेश गरेका छन्।

नेतृत्वले पार्टीलाई प्रतिक्रियावादी कित्तामा पुर्‍याउँदै प्रतिगमनका मतियार मानिएको एमाले र राप्रपाजस्ता प्रतिगामी र यथास्थितिवादी दलसँग सहकार्य गरेकाले पार्टी परित्याग गर्न बाध्य भएको खम्बूले बताए। पत्रकार सम्मेलनमा खम्बुले पार्टीको नीति, विचार र सिद्धान्तविपरित नेतृत्वले मनोमानी निर्णय गर्दै सही दिशा दिन नसकेकाले पनि पार्टी ग्यागेको बताए। उनले मुलुकको परिवर्तन, समृद्धि र प्राप्त उपलब्धीको मुख्य बाहक माओबादी मात्र भएकाले माओबादी रोजेको बताए।  

नव प्रवेशीहरुलाई माओबादीका पोलिटव्युरो सदस्य तथा गठबन्धनबाट खोटाङ संघीय उम्मेदवार रामकुमार राई पासाङलगायतले अविर, माला र खादा लगाएर स्वागत गरेका थिए। यसअघि पनि जसपाका जिल्ला अध्यक्ष टंक थापासहित झण्डै सयजना नेता कार्यकर्ता माओबादीमा प्रवेश गरेका थिए।  

प्रकाशित: १९ कार्तिक २०७९ ०९:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App