१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दैलेख १ मा पूर्व सहकर्मीहरु नै आमने–सामने

रविन्द्रराज शर्मा, गोपाल नेपाली र अमरबहादुर थापा।

नेकपा (एमाले)भित्र रहेर धन्नै तीन दर्शकसम्म सहकर्मी बनेर काम गरेकाहरु नै यसपालीको प्रतिनिधिसभा निर्वाचनमा एकआपसमा आमनेसामने भएका छन्। एमालेभित्रबाट बागी (स्वतन्त्र) उम्मेदवार छन् भने पार्टी फुटेर नेकपा (एकीकृत समाजवादी)बाट उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा रहेको हो।

दैलेख निर्वाचन क्षेत्र नम्बर १ मा पूर्वसहकर्मीबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ। एमालेबाट पार्टी अध्यक्ष रविन्द्रराज शर्मा, सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका अम्मरबहादुर थापा, एमालेबाट बागी (स्वतन्त्र) गोपान नेपाली रहेका छन्। थापा एमालेका पूर्व पार्टी अध्यक्ष हुन् भने नेपाली एमालेको पुराना नेता हुन्।

पूर्व सहकर्मीबीच कसले बाजी मार्ने भन्ने रोचक चुनावी प्रतिस्पर्धा भएको छ। चुनाव पुरानाले जिते पार्टीको साख जोगिने र नयाँ पार्टीले जिते राजनीति रुपमा फड्को मार्ने देखिन्छ। प्रतिनिधिसभामा ९ जना उम्मेदवारहरु चुनावी मैदानमा होमिएका हुन्।

एमाले पूर्व अध्यक्ष अम्मरबहादुर थापा अहिले नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार छन् उनी कर्णाली प्रदेश अध्यक्ष हुन्। एमालेबाट पार्टी रविन्द्रराज शर्मा जिल्लाको पार्टी अध्यक्षका साथै निवर्तमान प्रतिनिधिसभा सांसद समेत हुन्। त्यस्तै एमालेबाट बागी उम्मेदवार गोपाल नेपाली पार्टीभित्रका शसक्त उम्मेदवार हुन्।

निर्वाचन क्षेत्र नम्बर १ मा महावु, नौमुले, भगवतीमाई, डुगेश्वर र गुरासँ गाउँपालिका र नारायण नगरपालिका रहेका छन् जसमा ४६ वटा वडा रहेका छन्। महावुमा काँग्रेस, भगवर्तीमाई र नौमुलेमा माओवादी, डुगेश्वर, गुरासँ र नारायणमा एमालेले स्थानीय तहको निर्वाचनमा चुनाव जितेको छ। विगतमा जितेर गएका जनप्रतिनिधिहरुले विकासको काम नगरेको प्रतिस्पर्धीहरुको आरोप छ।

प्रदेशमा भौतिक मन्त्री हुँदा जिल्लाको विकासका लागि आफूले ठूलो बजेट हालेका कारण जनताको विश्वास आफूसँग भएको समाजवादीबाट प्रतिनिधिसभा उम्मेदवार अमरबहादुर थापाले बताए। स्वास्थ्य, शिक्षा र सडकमा आफूले आमुल परिवर्तन गरेको कारण अहिले उम्मेदवार भएको एमालेबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रविन्द्रराज शर्माले बताए।

त्यस्तै जनताभन्दा आफ्ना नजिकका नेताको मात्र काम गरेको, आफ्नालाई मात्र अवसर दिने, कामहरु लिन छलछाम गर्न जानेको कार्यकर्ता रहेका कारण आफूले निष्पक्ष रुपमा काम गर्ने उम्मेदवार गोपाल नेपालीले बताए। उनले  टिकट आफूले मात्र पाउनुपर्छ भन्ने सोच भएका र  एउटै व्यक्ति गएर विकास हुन्छ भन्नु गलत कुरा भएको बताए।

प्रतिनिधि सभा २ र प्रदेश सभा ४ सिटका लागि दैलेखमा ३३ जना उम्मेदवारले प्रतिस्पर्धा उत्रिएका छन्। स्थानीय तहको निर्वाचनमा आएको मत हेर्दा सत्ता गठबन्धन बलियो देखिन्छ तर, उम्मेदवारको व्यक्तिगत प्रभावले पानी मत प्रभावित हुने आँकलन गरिएको छ।

प्रतिनिधिसभा सदस्यमा एमाले र समाजवादीबाट उम्मेदवारहरु यसअघि विजयी भइसकेका हुन्। माओवादी, काँग्रेस, समाजवादी र जनमोर्चाको थापालाई साथ छ भने शर्मालाई एमालेबाट मात्र मत आउनेछ। राप्रपाबाट महामन्त्री कुन्तीकुमारी शाही चुनावी मैदानमा छिन्। 

प्रकाशित: २० कार्तिक २०७९ ०६:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App