१४ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

आफ्नो गृहजिल्लामा व्यस्त रहेका देउवाले आज पनि चुनावीसभालाई सम्बोधन गर्दै

गत चार दिनदेखि आफ्नो गृहजिल्ला एवं चुनाव क्षेत्रमा व्यस्त रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज थप दुई चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ। डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका देउवा गत बिहीबारदेखि गृहजिल्ला डडेल्धुरामा छन्।

उनले बिहीबार अमरगढी, शुक्रबार दुई वटा पालिका गन्यापधुरा र नवदुर्गा गाउँपालिकाका चुनावीसभा र शनिबार अजयमेरु गाउँपालिका भद्रपुर र भागेश्वर गाउँपालिकामा आयोजित सभालई सम्बोधन गरिसेका छन्।

प्रधानमन्त्री देउवाले आज आलिताल गाउँपालिकाको गोदाम र दिउँसो २ बजे पर्शुराम नगरपालिकाको जोगबुडामा हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउँदले जानकारी दिए।

सात वटा पालिकाका चुनावीसभा सकेर उनी आजै काठमाडौँ फर्कने कार्यक्रम रहेको डडेल्धुरा सभापति साउँदले जानकारी दिए। प्रधानमन्त्री देउवा सातै प्रदेशमा हुने आमसभाका लागि पुग्ने कार्यक्रम रहेको पनि उनका प्रमुख स्वकीय सचिव भानु देउवाले बताए। 

प्रकाशित: २० कार्तिक २०७९ ०७:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App