७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राजाले गराएको नगर चुनाव

निर्वाचन गराउन नसकेको बहानामा तत्कालीन राजा ज्ञानेन्द्रले शेरबहादुर देउवा नेतृत्वको सरकार अपदस्थ गर्दै लोकेन्द्र बहादुर चन्दको नेतृत्वमा सरकार गठन गरे।

संसदवादी पाँच दल राजाको कदमलाई प्रगिमन भन्दै दसैं र तिहार मनाएर सडक आन्दोलनमा उत्रियो। देउवा नेतृत्वमा गठन भएको नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी सभापति नेतृत्व सरकारको पुनः बहालीको मागसहित अलगै आन्दोलनमा थियो। राजाले राजनीतिक दल र तिनका नेताहरूको कमजोरीमा खेल्दै गए र, प्रधानमन्त्रीको लोभ देखाउँदै अघि बढे।

चन्दलाई हटाएर राजाले फेरि सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाए। त्यसले आन्दोलन मथर हुनुको साटो झन बढ्दै गएपछि राजा फेरि शेरबहादुर देउवालाई २०६१ जेठमा प्रधानमन्त्री नियुक्त गरे। देउवा नेतृत्वको पार्टीले त्यसलाई स्वागत गर्‍यो भने पाँच दलसँग आन्दोलनमा रहेको नेकपा एमाले पनि सरकारमा जान हतारियो।

प्रतिगमन आधा सच्चियो भन्दै पाँच दलसँगको सडक आन्दोलन छाड्दै एमाले सरकारमा सहभागि भयो। नेपाली कांग्रेस, मजदुर किसान पार्टीसहितका बाँकी चार दल सडकमै रहे। तर, राजाले २०६१ माघ १९मा देउवा सरकारलाई फेरि अपदस्थ गरे। र, आफैले शासन सत्ताको नेतृत्व गरे। पछि तुलसी गिरी र कृतिनिधि विष्ठलाई मन्त्रिपरिषद्को उपाध्यक्ष बनाए।

दलहरूले सडक तताउन थाले भने राजाले चुनाव गराउन। दलीय विरोधकाबीच राजाले २०६२ माघ २६ गते ५८ नगरपालिकाहरूको निर्वाचन हुने कार्यक्रम प्रकाशित गरे। दलीय विरोध हुँदाहुँदै पनि भएको निर्वाचनमा २२ वटा नगरपालिकाहरूका सबै पदहरूमा निर्विरोध निर्वाचन सम्पन्न भइसकेकाले २८ जिल्लाका ३६ वटा नगरपालिकाहरूमा माघ २६ गते मतदान कार्य भएको थियो।

४३ जिल्लाका ५८ नगरपालिकाहरूमा ५८/५८ नगर प्रमुख र उपप्रमुख, ८ सय ६ वडाध्यक्ष र २ हजार ४ सय १८ वडा सदस्य र ८ सय ६ महिला वडा सदस्यसमेत गरी कुल ४१४६ पदका लागि निर्वाचन भएको थियो। १९ लाख ४२ हजार ९ सय ९९ मतदाता रहेकोमा पुरुष मतदाता ९ लाख ७६ हजार ८ सय ७ र महिला ९ लाख ६६ हजार १ सय ९२ मतदाता थिए।

उक्त निर्वाचनमा जम्मा २२ दलहरूले आ–आफ्नो उम्मेदवारहरू विभिन्न पदमा खडा गरेका थिए भने स्वतन्त्रतर्पmबाट पनि विभिन्न पदमा १ हजार ३ सय ६९ जना उम्मेदवारहरू खडा भएका थिए। स्वतन्त्र र विभिन्न २२ पार्टीका तर्पmबाट प्रमुखमा १ सय ७६, उपप्रमुखमा १ सय ३९, वडाध्यक्षमा ९७९, वडा सदस्यमा १ हजार २ सय ६७ महिला वडा सदस्यमा ४ सय ६ गरी जम्मा २ हजार ९ सय ६७ जना उम्मेदवारहरूले उम्मेदवारी दिएका थिए।

उक्त निर्वाचनमा महिलाहरू एक निर्विरोध र मतदानबाट दुई गरी तीन जना प्रमुख, त्यस्तै उपप्रमुखमा निर्विरोध तीन र निर्वाचनबाट चार जना गरी सात तथा ४४ वडाध्यक्ष निर्विरोध निर्वाचित भएकोमा नौ जना निर्वाचित गरी ५३ जना गरी जम्मा ३ सय ४६ जना थिए। जम्मा २० प्रतिशत मात्र मतदान भएको थियो।

प्रकाशित: २१ कार्तिक २०७९ ०३:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App