'चुनाव बहिष्कार गर्नेवाला छैनौँ'
जुन कुरामा सरकार आफैँले सम्झौता गर्यो, जुन विषयमा आफैँ प्रतिबद्धता जनायो, त्यसलाई पूरा नगरेकाले निर्वाचनमा जान बाधा पुगेको छ।
जुन कुरामा सरकार आफैँले सम्झौता गर्यो, जुन विषयमा आफैँ प्रतिबद्धता जनायो, त्यसलाई पूरा नगरेकाले निर्वाचनमा जान बाधा पुगेको छ।
राष्ट्रिय जनता पार्टी (राजपा) ले स्थानीय चुनाव बहिष्कार गरी आन्दोलनमा जाने निर्णय गरेको छ। सरकारले गरेका हरेक प्रयास अस्वीकार गर्दै राजपाले चुनाव बिथोल्ने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।
दोस्रो चरणको स्थानीय तहको निर्वाचन नभए आगामी आर्थिक वर्ष मुलुकका ४३ जिल्लामा विकास बजेट खर्च नहुने भएको छ। मुलुकभरका सात सय ४४ स्थानीय तहलाई दुई खर्ब २५ अर्ब रुपैयाँ बजेट दिइएको छ।
सर्वोच्चले स्थानीय तह थप्न रोक नलगाए तत्कालिन सरकारको निर्णय कार्यान्वयनमा आउने छ। र, निर्धारित मिति असार १४ मा चुनाव पनि संभव हुने छैन।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार १४ गते स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा नसर्ने बताएका छन्।
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले चुनावको मैदानबाट भाग्नु कायरता भएको बताएका छन्।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका पृथीराज राईले कांग्रेसकातर्फबाट वडाध्यक्षको टिकट पाए । असार १४ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि वडाध्यक्षको टिकट हात परे लगत्तै उनको अवैध खयर निकासीमा संलग्न भएको भन्दै आलोचना सुरु भयो । गाउँको प्राकृतिक श्रोत र साधनलाई दोहन गरेर सिध्याउने व्यक्तीलाई टिकट दिइएकोमा पार्टीकै कतिपय कार्यकर्तादेखि मतदाताले असन्तुष्टी पोखिरहेको एक स्थानीय बताउँन् ।
राजपाको मागमा राजनीतिक समस्या सम्बोधन गराउने उद्देश्यभन्दा पनि निर्वाचन हुनै नदिने नियत लुकेको छ। सवाल राजनीतिक समस्या र मागको भन्दा पनि नियतको हो। र, त्यसैअनुसार राजपाले चुनावमा नजान एकपछि अर्काे अर्घेल्याइँ गरेको मात्र हो।
राष्ट्रिय जनता पार्टीका नेताले जबर्जस्ती चुनाव गराउन खोजे मुठभेड हुने चेतावनी दिएका छन्। शुक्रबार राजविराजमा आयोजित विरोध सभामा नेताहरुले माग सम्बोधन नभए असार १४ मा कुनै पनि हालतमा चुनाव हुन नदिने चेतावनी दिए।
निर्वाचन आयोगले आचारसंहिताविपरीत चुनाव चिह्न अंकित टिसर्ट, झोलालगायत जिन्सी सामग्री नबाँड्न राजनीतिक दलहरूलाई निर्देशन दिएको छ।
कतिपय ठाउँमा चुनाव प्रचारप्रसारपछि फरक पार्टीका उम्मेदवार एकै थलोमा बसेर जितहारको आकलनसमेत हुने गरेको भेटिएको छ।
संविधान संशोधनबिना चुनावमा नजाने अडान राख्दै आएको राजपाले सरकारसँग चुनाव मिति सार्न प्रस्ताव गरेको छ। सरकारले राजपाको प्रस्ताव अस्वीकार गदै मिति सार्न नसकिने प्रस्ट पारेको छ।
पूर्वराष्ट्रपति रामवरण यादवले मुलुकका सबै पक्ष र समुदायलाई समेटेर निर्वाचनमा जुट्न प्रमुख राजनीतिक दललाई आग्रह गरेका छन्। सागरशमशेर राणाद्वारा लिखित सिंहदरबार पुस्तकको शुक्रबार राजनीतिमा लोकार्पण गर्दै पूर्वराष्ट्रपति यादवले तीनै तहको निर्वाचनले मात्र उपलब्धि संस्थागत गर्ने स्पष्ट पारेका हुन्।
चुनावअघि संविधान संशोधन र स्थानीय तहको संख्या वृद्धि हुनुपर्ने सर्त राखेका थियौं। दुवै सर्त पूरा हुने स्थिति देखिएन। त्यसैले चुनावमा नजाने निर्णय करिबकरिब भएको छ- महन्थ ठाकुर, संयोजक, राजपा।
प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह दोस्रो चरणको निर्वाचनपछि संविधान संशोधन गर्ने प्रतिबद्धता जाहेर गर्दै तराई/मधेस केन्द्रित दललाई चुनावमा भाग लिई सहयोग गर्न आग्रह गरेका छन्।