१५ वैशाख २०८१ शनिबार
image/svg+xml
सन्तोष सिंह


सन्तोष सिंहका लेखहरु :

सिचाँइ अभावमा सर्लाहीका फाँट बाँझै

सर्लाही, जिगंडवा–५ का ३८ वर्षीय दुखा महतो चार बिघा खेतमा धान रोप्ने तयारीमा छन् । तर, पर्याप्त वर्षा नहुँदा आफ्नै दुई बिघा र ठेक्कामा लिएको दुई बिघा खेतमा धान रोप्न नपाएर उनी चिन्तित छन् ।

आयल निगमले सर्लाहीमा जग्गा किन्दाको झेल

नेपाल आयल निगमले सर्लाहीमा स्थानीयलाई झुक्याएर वारेसनामामार्फत जग्गा किनेको पाइएको छ। स्थानीयले प्रतिकठ्ठा दुई लाख ७५ हजार रुपैयाँमा बेचेको जग्गालाई निगमले प्रतिकठ्ठा ९ लाख ७१ हजार रुपैयाँमा किनेको छ।

कर्मचारी अपहरण गरेको आरोपमा शिक्षक पक्राउ

मालपोत कार्यालय महोत्तरीका नायब सुब्बालाई तीन पछि सर्लाही प्रहरीले सकुशल अपहरण मुक्त गराएको छ। सर्लाही, धनकौल ८ का ५० वर्षीय रामजी राय अपहरणमा परेका थिए।

राजपा किल्लामा उपेन्द्र ‘इन्ट्री ’

सर्लाही राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डल सदस्य महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र रायको गृहजिल्ला हो। उनीहरु तीनैजनाले चुनाव छाडेर आन्दोलनमा लाग्ने घोषणा गरिसकेका छन् भने १० वर्षसम्म सँगै आन्दोलनमा रहेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव चुनावी मैदानमा ओर्लिएका छन्।

राजपाको अवरोधले चुनावमा असर पर्दैन : उपेन्द्र यादव

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मधेशमा चुनाव कुनै शक्तिले रोक्न नसक्ने बताएका छन् । दोश्रो चरणको चुनाव जुनसुकै हालतमा हुन्छ, यादवले भने,‘राजपा चुनावमा भाग लिन तयार छन् । पार्टी दर्ता र चुनाव चिन्ह पाए चुनावमा आउँछन् ।’

चुनावको मैदानबाट भाग्नु कायरता: उपेन्द्र यादव

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले चुनावको मैदानबाट भाग्नु कायरता भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्