८ वैशाख २०८१ शनिबार
राजनीति

चुनावको मैदानबाट भाग्नु कायरता: उपेन्द्र यादव

सर्लाही- संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले चुनावको मैदानबाट भाग्नु कायरता भएको बताएका छन्। 'मर्दले मैदानमा युद्ध गर्छ', अध्यक्ष यादवले भने,‘मैदान छोडेर भाग्नु कायरता हो। चुनाव अधिकार प्राप्तिको मैदान हो। अधिकार प्राप्तीका लागि चुनावि मैदानमा संघर्ष गर्छु।’

सर्लाहीको मधुवनगोठमा पार्टीले आयोजना गरेको सभा सम्बोधन गर्न  आउदा राजपाका कार्यकर्ता कालो झण्डा समना गरेका यादवले राजपाका कार्यकर्ता नेताको निर्देशन पालन गरेको प्रतिक्रिया दिए। अधिकारका लागि जनता लडेपनि उपलब्धि नेताका आफन्तले मात्र भोग गरेको भन्दै राजपका नेताहरु प्रति टिप्पणि गरे।

सम्बोधनको अधिकांस समय राजपाका नेताको टिप्णीमा खर्चेका यादवले पार्टी चुनावमा गएर संविधानबाट प्राप्त उपलब्धिको रक्षा गर्ने बताए । बुलेटको जवाफ ब्यालेटले दिने एजेण्डा सहित चुनावमा सहभागिता जनाएको उनले भने । कार्यक्रममा विभिन्न दल परित्या गरी संघीय समाजवादी फोरम पार्टीमा प्रवेश गरेकाहरुलाई यादवले स्वागत गरेका थिए।

मधुवन गोठ बजारमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्ने सभालाई राजपाका कार्यकर्ताले बिरोध जनाएका थिए । विभिन्न दलबाट फोरममा प्रवेश गर्न लागेका कार्यकर्तालाई स्वगत गर्न  मधुवन गोठ बजारमा संघीय समाजवादी फोरमले कार्यक्रम आयोजना गरेका थिए।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष सभा सम्बोधन गर्न आउने भएपछि राजपाका कार्यकर्ताहरुले सभास्थल पुग्ने सडकमा टायर बालेर बिरोध जनाएका छन्। राजपका कार्यकर्ताले बिरोध जनाएपछि सभा स्थलमा सुरक्षा सतर्कता अपानाइएको थियो । व्यापक प्रहरी परिचालन गरिएको छ ।

स्थानिय नेता तथा कार्यकर्ताले सभा सम्बोधन गरे पनि अध्यक्ष यादव सभा स्थल ४ बजे मात्रै पुगेका थिए । राजपाका कार्यकर्ताले यादवलाई कालो झण्डा देखाउ सभा स्थल प्रवेश गरेपछि प्रहरीसंग केहिबेर संघर्ष समेत भएको थियो । दुई दलका कार्यकर्ताबीच हुने सम्भावित घटनाका कारण मधुवनगोठको अवस्था तनावग्रस्त बनेको थियो ।

प्रकाशित: २८ जेष्ठ २०७४ १२:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App