८ आश्विन २०८१ मंगलबार
image/svg+xml

स्वदेशी उत्पादन प्रवर्द्धन गर्न घरदैलो अभियान

मुख्यमन्त्रीले स्वदेशी उद्योग र उत्पादनको प्रवर्द्धनविना समृद्धिको सपना साकार नहुने भएकाले प्रदेश सरकारले स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न आवश्यक सहयोग गर्ने आश्वासन दिएका छन्।

स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न घरदैलो अभियान

बुधबार प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर उद्योगीको टोलीले मुख्यमन्त्री शेरधन राईलाई भेटेर स्वदेशी उत्पादनको प्रवर्द्धनका लागि अभियान थालेको जानकारी गराएको छ।

कोरोना संक्रमितलाई हौसला दिन घरदैलोमा उपाध्यक्ष

कोरोना कहरको पहिलो चरणमा सचेतना कार्यक्रम लिएर जनताको घरदैलोमा पुगेकी उपाध्यक्ष बुढाले दोस्रो लहरमा संक्रमितलाई भेटेर कोरोना संक्रमण फैलन नदिनको लागि उच्च सतर्कता अपनाउन आग्रह गरिन्।

कोभिडविरुद्ध घरदैलो अभियान चलाउँदा वडाध्यक्ष र सदस्य नै संक्रमित

जेठ ९ गते आफ्नो फेसबुक टाईमलाईनमा माथिको उद्धरण पोष्ट गरेका त्रियुगा नगरपालिका १६ का वडाध्यक्ष मानबहादुर राई अहिले आफै संक्रमित भएका छन्। देशव्यापी जारी कोभिड महामारी आफ्नो वडामा पनि बढ्दै गएपछि जनताको घरघर पुगेर स्वास्थ्य जाँच, उद्वार र उपचार कार्य अभियान चलाउँदै गरेका वडाध्यक्ष राई ३ दिनअघि संक्रमित पुष्टि भएपछि होमआईसोलेसनमा बसेका छन्।

घरदैलोमै उपचार, स्थानीय दंग

प्रत्येक स्थानीय तहमा एउटा आधारभूत अस्पताल सञ्चालन गर्नुपर्ने सरकारको नयाँ स्वास्थ्य नीतिअनुसार बाँकेका नगरपालिका तथाक्रमशः अस्पताल सञ्चालनको प्रक्रिया सुरु गरेका हुन् ।

कोरोनाको नाममा सपथ, चेकजाँच गर्न घरदैलोमै स्वास्थ्यकर्मी

स्वास्थ्यकर्मीले हातमा कोरोना भाइरस रोकथाम सम्बन्धि लेखिएको जनस्वास्थ्यका मापदण्ड समातेर बसेका छन्। नजिक स्थानीयबासीले जनप्रतिनिधिसहितको उपस्थितीमा कोरोना भाइरसविरुद्धको अभियानमा साथ दिने, संक्रमणबाट जोगिने सबै मापदण्डको पालना गर्ने,गराउने भन्दै सपथ खादैछन्।

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

बैतडीको दशरथचन्द नगरपालिकाले घरदैलोमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता टोलटोलमा गएर वितरण भइरहेको नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिइन् । लकडाउनका कारण एक ठाउँमा धेरै मानिस जम्मा गरेर भत्ता वितरणमा असहज हुने र बैंकबाट पनि वितरण गर्न सक्ने अवस्था नरहेकाले घरदैलोमा कर्मचारी र जनप्रतिनिधि पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागिएको उनले बताइन् ।

कोरोना महामारीमा स्थानीय सरकारको साथ

वि.सं.२०७२ को महाभूकम्पका बेला निर्वाचित जनप्रतिनिधि भएका भए पीडामा मलम लगाउन घरआँगनमै आइपुग्थे भनेर धेरैले सोचेका थिए। त्यतिखेरको सोच अहिले यथार्थमा परिणत भएको छ अर्थात् घरदैलोमै स्थानीय सरकार छ।

पाल्पा रामपुरमा शारीरिक अशक्त परिवारको घरदैलोमै राहत

पाल्पाको रामपुर नगरपालिकामा रहेका अपाङ्गता, अशक्त परिवारलाई घरदैलोमा नै राहत वितरण गरिएको छ । कोरोना भाइरसको संक्रमणको सन्त्रासले खाद्यान्न अभाव झेलेका रामपुर नगरपालिकाका अपाङ्गता, अशक्त परिवारलाई घरदैलोमा नै पुगेर राहत विवरण गरिएको हो ।

जुम्लाबासीको घरदैलोमा स्वास्थ्यकर्मी

विश्वभर महामारीका रुपमा फैलिएको कोराना भाइरस ¬(कोभिड १९) रोकथामका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले स्वास्थ्यकर्मी घरदैलोमा परिचालन गरेको छ। चैत ३० गते देखि चन्दननाथ नगरपालिकाको वडा नं. १ बाट स्वास्थ्यकर्मीको घरदैलो शुरु गरेको हो। स्वास्थ्यकर्मीले कोरानाको रोकथाम,नियन्त्रण र जनचेतनामुलक कार्यक्रम गर्नेछन्।

विदेशबाट फर्केका स्थानीयलाई भेटघाटका लागि घरदैलो

जिल्लाको खोटेहाङ गाउँपालिकाले वैदेशिक रोजगारीबाट फर्केका नागरिकसंग भेटघाटका लागि घरदैलो अभियान चलाएको छ। विदेशबाट फर्केका नागरिकको होम क्वारेन्टीनको बसाई, उनीहरूको स्वास्थ्य अवस्था, परिवारको स्वास्थ्य अवस्था लगायतका बारेमा जानकारी लिनका लागि गाउँपालिकाले घरदैलो अभियान चलाएको हो।

घरदैलो बिमा कार्यक्रम सुरु

बिमा समितिले मुलुकमा सञ्चालनमा रहेका जीवन तथा निर्जीवन बिमा कम्पनीलाई दुर्गम तथा पिछडिएका क्षेत्रमा गई घरदैलो बिमा कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ ।

उपनिर्वाचन २०७६ : नेकपाको निर्वाचन क्षेत्र लक्षित घरदैलो

कास्की निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन मिति नजिकिँदै गर्दा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चुनावी गतिविधि तीव्र बनाएको छ। यही मङ्सिर १४ गते हुने निर्वाचनका लागि वडाका टोल–टोलमा गठित निर्वाचन परिचालन कमिटीको सक्रियतामा नेता तथा कार्यकर्ता घरदैलोमा पुगेर मतदातासँग भोट माग्ने कार्यमा निरन्तर लागेका छन्।

उम्मेदवारहरुको यस्तो देखियो घरदैलो

कास्की -२ मा संघीय संसद सदस्यका लागि हुन लागेको उपनिर्वाचनलाई आफ्नो पक्षमा पार्न दलहरुले प्रचार अभियानलाई तिब्र पारेका छन्। उम्मेदवारहरु घर दैलो अभियानमा जुटेका छन्। यतिसम्मकी संसद उम्मेदवार मंसिरको चटारोमा धान काटिरहेका किसानको खेतमै पुगेर आफुलाई भोट दिन आग्रह गरिरहेका छन्।

गाउँमा भेटिँदैन घरदैलोको सरकार

बागमती गाउँपालिका–७, गिम्दीका सुशील दाहाल राहदानीको सिफारिस लिन ७ असारमा पाँचौंपल्ट वडा कार्यालय पुगे । तर, पाँचौं पटक पनि वडाध्यक्ष भेटिएनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्