४ वैशाख २०८१ मंगलबार
समाज

घरदैलोमै उपचार, स्थानीय दंग

बाँकेको नरैनापुर गाउँपालिकाले सञ्चालनमा ल्याएको अस्पतालका शड्ढया अवलोकन गरिँदै । तस्बिर:अर्जुन/नागरिक

शरीर दुख्न थालेको नौ महिना बितिसक्दा पनि बाँकेको राप्तीसोनारी गाउँपालिका–४ बैजापुरकी ४१ वर्षीया सीता थारू अस्पताल जान पाएकी थिइनन् । एकातिर कोरोना महामारी र अर्कातिर घरदेखि टाढा (नेपालगन्ज या कोहलपुर) पुग्नुपर्ने बाध्यताका कारण उनले उपचार गराउन जान हिम्मत गरिनन् । जब आफ्नै गाउँमा सुविधायुक्त अस्पताल सञ्चालनमा आयो तब उनले ढुक्कसँग औषधि उपचार गराइन् । घरदैलोमै उपचार पाउँदा उनी दंग परिन् । ‘अहिले आफ्नै गाउँमा अस्पताल सञ्चालन हुँदा उपचार गराउन पाएँ र शरीरको दुखाइ पनि कम हुँदै गएको छ,’ सीताले भनिन् ।  

सोही गाउँका ४८ वर्षीय मेघराज थारूलाई बायाँ अण्डकोषको हाइड्रोसिलले वर्षौंदेखि सताइरहेको थियो । उपचार नपाउँदा उनले कष्टपूर्ण जीवन बिताइरहेका थिए । गाउँमा अस्पताल सञ्चालनमा आएपछि उनले पनि निःशुल्क रूपमा हाइड्रोसिलको शल्यक्रिया गराए । ‘नेपालगन्ज र कोहलपुरका अस्पतालमा गएर यसको उपचार गर्न मलाई सम्भव थिएन,’ उनले भने, ‘आफ्नै गाउँमा बनेको अस्पतालले निःशुल्क उपचार गरिदिँदा मैले पुनर्जन्म पाएको छु ।’  

राप्तीसोनारी गाउँपालिकाले आइतबारदेखि सञ्चालनमा ल्याएको १५ शड्ढयाको अस्पतालले सेवा दिँदा अहिले जिल्लाको पूर्वी ग्रामीण क्षेत्रका स्थानीयले राहत महसुस गरेका छन् । सो अस्पतालको एक कार्यक्रमबीच राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारूले उद्घाटन गरेका थिए । अस्पताल सञ्चालनमा आएपछि गाउँवासीलाई धेरै राहत मिलेको अध्यक्ष थारू बताउँछन् । ‘सरकारको स्वास्थ्य मापदण्डअनुसार अस्पताललाई हामी नियमित सञ्चालन गर्नेछौं,’ उनले भने, ‘अस्पताल सञ्चालनका लागि कार्यविधि बनाउने हाम्रो तयारी छ ।’ साबिक बैजापुर स्वास्थ्य चौकीको स्तरोन्नति गरी गाउँपालिकाले सो अस्पतालका लागि एकजना एमबिबिएस डाक्टरसमेत नियुक्त गरिसकेको छ । रिक्त अन्य दरबन्दी पनि क्रमशः पूर्ति गर्ने गाउँपालिकाले जनाएको छ ।  

साधारण शल्यक्रिया सेवासमेत प्रदान गर्ने अस्पताल प्रमुख डा. गोविन्द थारूले जानकारी दिए । अस्पतालसँग हाल १२ कोठे नवनिर्मित भवन छ । अस्पताल उद्घाटनका क्रममा रोटरी क्लब अफ सेन्ट्रल बाँकेको समन्वयमा निःशुल्क रूपमा हाइड्रोसिल बिरामीको शल्यक्रिया तथा अन्य उपचार गरिएको डा. थारूले जानकारी दिए ।  

प्रत्येक स्थानीय तहमा एउटा आधारभूत अस्पताल सञ्चालन गर्नुपर्ने सरकारको नयाँ स्वास्थ्य नीतिअनुसार बाँकेका नगरपालिका तथाक्रमशः अस्पताल सञ्चालनको प्रक्रिया सुरु गरेका हुन् । जिल्लाकै राप्तीपारि भारतीय सीमासँग जोडिएको नरैनापुर गाउँपालिकाले पनि पाँच शड्ढया क्षमताको कोभिड अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ । लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी र गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले सोमबार सो अस्पतालको औपचारिक उद्घाटन गरेका थिए । नरैनापुर गाउँपालिका–२ लक्ष्मणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन सुविधासहितको अस्पताल सञ्चालनमा ल्याइएको अध्यक्ष शाहले बताए । स्वास्थ्य सेवामा पछाडि परेको नरैनापुरमा अस्पताल सञ्चालनमा आएपछि सर्वसाधारणले स्थानीय स्तरमै सुविधा पाएको महसुस गरेका छन् ।

जिल्लाको खजुरा गाउँपालिकाले १५ शड्ढयाको अस्पताल निर्माण गर्न भौतिक पूर्वाधार निर्माणको काम थाल्दै छ । खजुरा–३ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर १५ शड्ढयाको अस्पताल निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति बताउँछन् । अस्पताल भवनको बाँके–३ का प्रतिनिधिसभा सांसद नन्दलाल रोकायले सोमबार शिलान्यास गरिसकेका छन् । सो अस्पताल भवन १८ करोड ६ लाख रुपैयाँको लागतमा निर्माण हुने गाउँपालिकाले जनाएको छ । जिल्लामा रहेका कुल आठ स्थानीय तहमध्ये नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाबाहेक अन्य स्थानीय तहमा यसअघि अस्पताल थिएनन् ।  

सरकारको उक्त नीतिलाई कार्यान्वयन गर्न केही स्थानीय तहले नयाँ भवन र केहीले हालै निर्माण गरिएका सुविधायुक्त भवनलाई अस्पतालका रूपमा प्रयोग गर्ने भएका छन् । जिल्लाको जानकी गाउँपालिकाले अस्पताल निर्माणका लागि कागजी प्रक्रिया पूरा गरी केन्द्रमा पठाइसकेको छ । गाउँपालिका उपाध्यक्ष भूमिसरा धितालले गाउँ कार्यपालिकाको निर्णयसहितको कागजात केन्द्रमा पठाइसकेको बताइन् । ‘हामीले सबै कागजात केन्द्रमा पठाइसकेका छौं, त्यसपछि भवन निर्माणको काम थाल्नेछौं,’ उनले भनिन्, ‘हाम्रै कार्यकालमा जानकी गाउँपालिकावासीले अस्पतालको सेवा पाउनेछन् ।’

उपाध्यक्ष धितालका अनुसार जानकी गाउँपालिका–४ कार्यालयले १५ शड्ढयाको अस्पताल निर्माणका लागि १० कट्ठा जमिन उपलब्ध गराइसकेको छ ।

सरकारले प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल सञ्चालनमा ल्याएपछि आमनागरिक स्वास्थ्य सेवाको पहुँचमा रहने उनको दाबी छ । ‘प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल स्थापना गर्ने सरकारको नीति छ, सबै स्थानीय तहमा अस्पताल सञ्चालन भए आमनागरिकले पर्याप्त मात्रामा स्वास्थ्य सेवा पाउनेछन्,’ उनले भने । अस्पताल निर्माणका क्रममा स्थानीय तह र स्वास्थ्य कार्यालयबीच कुनै समन्वय भने नभएको वरिष्ठ जनस्वास्थ्य अधिकृत शाह बताउँछन् । 

प्रकाशित: १८ मंसिर २०७७ ०२:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App