८ आश्विन २०८१ मंगलबार
image/svg+xml

‘वडाबासीको घरदैलोमा नर्सिङ सेवा दिन थालेका छौं’

जनप्रतिनिधीको पदभारसम्हालेसँगै भूकम्पपछिको सार्वजनिक महत्वका सम्पदा पुनर्निर्माणलाई मुख्य प्रथामिकतामा राखेर पुनर्निर्माण कार्यलाई अगाडी बढायौं ।

नागरिकको घरदैलोमा प्रहरी

बिग्रेको आफ्नो छबि सुधार्न यतिखेर नेपाल प्रहरी ग्रामीण बस्तीका घरदैलोहरुमा पुगेको छ। सामुदायिक सुरक्षाको पहिलो आधार स्थानीय जनता हुन भन्दै समुदाय र प्रहरीबीचको साझेदारीमा समाजमा हुने अपराध र अपराधजन्य समस्याको पहिचान र समाधानको लागि प्रहरी जनताको घरदैलोमा पुगेको हो।

भत्ता बाड्न जनप्रतिनिधि घरदैलोमा

तिला गाउँपालिका ९ का वडाध्यक्ष शेरबहादुर बोहोरा सामाजिक सुरक्षा भत्ता बाड्न गाउँमा व्यस्त छन्। जंगलको बाटो घण्टौ सम्म हिड्दा असुरक्षा बढ्न सक्ने भन्दै वडापालिकाको टिम र कर्मचारी सहित उनी गाउँमा भत्ता वितरण गर्न पुगेका हुन्।

खोरेत रोग फैलन नदिन घरदैलो अभियान

धुलिखेल–१, देवीटार गाउँका पशुवस्तुमा फैलिएको खोरेत रोग (फुट एन्ड माउथ डिजिज–एफएमडी) नियन्त्रणका लागि प्रभावित क्षेत्रका किसानको घर गोठमा पुगेरै सेवा दिने उद्देश्यले एफएमडी नियन्त्रण अभियान सुरु गरिएको छ ।

जितेपछि नेताहरू पुनः घरदैलोमा

निर्वाचनको परिणाम आइसकेपछि पनि प्रमुख राजनीतिक दलका नेता घरदैलोमा नै व्यस्त रहेका छन् ।  प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको बेला जनताले वाम गठबन्धनलाई अनुमोदन गरेको भन्दै विजेता उम्मेदवारले पुनः जनतालाई बधाई तथा धन्यवाद दिन घरदैलो अभियान शुरु गरेका हुन्।

निर्वाचित भएपछि दाहाल घरदैलो अभियानमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आजदेखि मतदातालाई धन्यवाद ज्ञापनका लागि घरदैलो अभियान शुरु गरेका छन्।

उम्मेदवार घरदैलो र भेटघाटमा केन्द्रित

प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव तिथि नजिकिँदै जाँदा उम्मेदवार प्रचारप्रसार शैली फेर्दै घरदैलो र मतदाता भेटघाटमा केन्द्रित हुन थालेका छन् । मतदातालाई आकर्षण गर्न ठूलाठूला सभा र कोणसभाभन्दा पनि अनौपचारिक भेटघाट र छलफल बढी प्रभावकारी हुने उम्मेदवारको अनुभव छ । सम्भव भएसम्म सबै घरमा पुग्ने र  मतदातासँग भेटघाट गर्ने योजना उम्मेदवारको छ । प्रायः  बिहानको समय र शनिबारको दिन पारेर उम्मेदवार घरदैलोमा व्यस्त हुने गरेका छन्।

घरदैलोमा काँग्रेसकाे पन्चेबाजा, वाम गठबन्धनकाे धिमे

काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ मा नेपाली कांग्रेसको तर्फबाट चुनावी मैदानमा उत्रिएकी अम्बिका बस्नेत पन्चेबाजासहित घरदैलो गरिरहेकी छिन् भने उनका प्रतिद्वन्द्वी वाम गठबन्धनका कृष्ण राई धिमेबाजासहित घरदैलो गरिरहेका छन्।

आमसभा भन्दा घरदैलोलाई प्राथमिकता

निर्वाचनको मिति नजिंकिदै गर्दा सिन्धुलीका उम्मेदवारहरुले घरदैलो अभियानलाई तिब्रता दिएका छन्। मतदातामाझ आश्वासन र आफ्ना एजेण्डा बाड्दै आफुतिर मत तान्नका लागि दलहरु सहरभन्दा गाँउकेन्द्रित छन्।

उम्मेदवारमाथि घरदैलो गर्नुपर्ने दबाब

काठमाडौं–१ का उम्मेदवारमाथि भोट माग्नअनिवार्य रुपमा मतदाताको घरदैलोमा पुग्नुपर्ने दबाब परेको छ । यो काठमाडौं उपत्यकाका चर्चित क्षेत्रमध्ये एक हो ।

कौशलटारमा दमननाथको घरदैलो (फोटो)

प्रतिनिधि सभा निर्वाचनमा भक्तपुर-२ बाट नेपाली काँग्रेसका उम्मेदवार दमननाथ ढुंगानाले निर्वाचन अभियानलाई तीब्रता दिएका छन्। बिहीबार उनले कौशलटार क्षेत्रमा चुनाबी घरदैलो गरे।

मतदाता रिझाउन घरदैलोदेखि खेत सम्म पुग्दै उम्मेदवार

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकदै जाँदा सप्तरीको चुनावी माहौल झन् तातेको छ। उम्मेदवारहरु घरदैलो अभियान सहितका गतिविधिलाई तिब्रता दिएपछि सदरमुकाम राजविराजसँगै जिल्लाको सुदुर ग्रामिण भेगमा पनि चुनावी चहल पहल निकै वढेको हो।

मतदाताबीच विवेकशील साझाका उम्मेदवार (फोटो फिचर)

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि विवेकशील साझा पार्टीले घरदैलो कार्यक्रम तीब्र पारेको छ। काठमाडौं-८ का विवेकशील साझाका उम्मेदवार पुकार बम तथा काठमाडौं-९ मिलन पाण्डेले बुधबार आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो अभियान सञ्चालन गरेका थिए।

गगन थापाको घरदैलो: शिक्षा, स्वास्थ्य र समृद्धि मुख्य एजेण्डा (फाेटाे फिचर)

काठमाडौं–४ बाट नेपाली कांग्रेसका उम्मेदवार गगन थापा अाइतबार बिहानदेखि घरदैलो कार्यक्रममा सक्रिय देखिए । काठमाडौं–४ मा पर्ने मित्रपार्क, गुहेश्वरी र जय बागेश्वरी वरपर घरदैलो कार्यक्रममा निस्किएका उनले स्थानीयहरूसँग भेटघाट गरेर गुनासा सुनेका थिए।

गगन थापाको घरदैलो: काम नगर्ने ठेकेदारलाई कारवाही गर्न माग

काठमाडौं–४ बाट नेपाली काँग्रेसका उम्मेदवार गगन थापाले मंगलबार बिहान घरदैलो अभियान सञ्चालन गरेका छन्। कालोपुल, ज्ञानेश्वर, सिफल क्षेत्रमा घरदैलोमा निस्किएका उनी समक्ष स्थानीयले अाफ्ना समस्या र गुनासा सुनाए। कालोपुलका सुरेशप्रसाद उपाध्यायले विकास निर्माणका लागि भनेर ठूलो रकम आए पनि ठेकेदारले समयमै काम नसक्दा स्थानीयबासी धुलो र हिलोबाट सास्ती खेप्नु परेको गुनासो सुनाए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्