२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

साफ च्याम्पियनसिप: विकेश र राजन परेनन्

साफ च्याम्पियनसिपको तयारीका लागि गत महिना भारतविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेको नेपाल १० दिने कतार भ्रमणमा निस्किएको थियो।

गतिहीन गठबन्धन

मन्त्रालय खालीराखेर सरकार चलाइरहँदा नकारात्मक सन्देश जान्छ। बरु देउवाले आफ्नो दलका सांसदलाई पहिल्यै जानकारी गराएर गठबन्धनका मन्त्री नआउञ्जेलकै निम्ति भए पनि सरकारलाई पूर्णता दिन सक्छन्। देउवालाई यसका निम्ति गठबन्धन दलका नेताले सजिलो पारिदिनुपर्छ।

एनआरएनए अध्यक्षमा आचार्यको उम्मेदवारी

अध्यक्ष पदका उम्मेदवार आचार्यले आफ्नो दुई वर्षे कार्यकालमा संसारभर एनआरएनएको पञ्जीकृत सदस्य संख्या पाँच लाख पुर्‍याउने र राष्ट्रिय समन्वय परिषद्हरूको संख्या कम्तीमा एक सय पुयार्‍उने घोषणा गरेका छन्।

एमालेको कर्मचारी संगठन फुटेपछि भवन कब्जा गर्न होड

२०६७ सालमा झलनाथ खनाल प्रधानमन्त्री भएका बेला तत्कालीन सरकारले निजामती कर्मचारी संगठनलाई कार्यालय भवन बनाउन १४ आना जग्गा भोगाधिकारको लागि दिएको थियो।

स्थानीय तहका अधिवेशन सम्पन हुँदै

धरान उपमहानगर कार्यसमितिको निर्वाचनमा नेता रामचन्द्र पौडेल पक्षका सभापति उम्मेदवार श्याम पोखरेल र उनको प्यानल विजयी भएको छ।

काँग्रेस अधिवेशन : जुम्लाका चार स्थानीय तहमा सभापति चयन

‘चारवटा स्थानीय तहमा सर्वसहमति गरेर सभापति टुंगियो’, सभापति शाहीले भने,‘बाँकी चार स्थानीय तहमा नेतृत्व छान्ने प्रयास जारी छ। सबै पालिकामा सर्वसहमतिको लागि पहल भइरहेको छ।’

तातोपानी कारोबार झन्–झन् ओह्रालोतिर

२०७६ जेठबाट नाका पुनःसञ्चालनमा आए पनि कारोबार बढ्न सकेको छैन। बरु, झन् घट्दो छ। सामाग्री आयातमात्र गर्ने शर्तमा नाका सञ्चालनमा ल्याइएको थियो। नाकाबाट हुने मानवीय आवागमन अझै प्रतिवन्धित छ।

एनआरएनएको अध्यक्ष पदमा आचार्यको पनि उम्मेदवारी घोषणा

एनआरएनएको दशौं विश्व सम्मेलन आगामी अक्टोबरको २३–२५ मा काठमाडौँमा हुँदैछ। एनआरएनएलाई थप सम्मानित, मर्यादित र प्रतिष्ठित बनाउन आफूले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको उनले बताए।

कांग्रेसले चुन्यो पालिका नेतृत्व

नेपाली कांग्रेसले इलामका नगर र गाउँपालिकास्तरका पार्टी कार्यसमिति चयन गरेको छ। शनिबार भएको निर्वाचनपछि राति अबेरसम्ममा जिल्लाका ४ नगर र ६ गाउँपालिकाकै नतिजा आएको छ।

कांग्रेस अधिवेशनमा शिक्षकलाई नखटाउने निर्णय

नेपाल शिक्षक सङ्घले शिक्षकलाई नेपाली कांग्रेसको १४औँ महाधिवेशनका सन्दर्भमा हुने कुनै पनि निर्वाचनको मतदान अधिकृतमा नखटाउने निर्णय गरेको छ।

थप पाँच जिल्लाका क्रियाशील सदस्यता सार्वजनिक

नेपाली कांग्रेसले १४औँ महाधिवेशनका लागि थप पाँच जिल्लाका क्रियाशील सदस्यको अन्तिम नामावली सूची सार्वजनिक गरेको छ।

महाधिवेशनको मुखमा 'जरा सिँच्दै' काँग्रेस पर्सा

विगत लामो समयदेखि पार्टी कार्यालयविहीन रहेको नेपाली काँग्रेस, पर्साले वीरगन्ज महानगरपालिका–२४, रामगढवामा नयाँ भवन बनाएर त्यसको नामाकरण पुराना नेताहरुको नामले गरेको छ। भवनको नाम आत्माराम ओझा दुखा सहनी स्मृति भवन राखिएको छ। १४ औं महाधिवेशनको चटारोबीच भवनको संरचना खडा गर्न पनि तीव्रता दिइएको छ।

नेपाली कांग्रेस धरानमा श्याम पोख्रेलको प्यानल विजयी

नेपाली कांग्रेस धरान उपमहानगर कार्यसमितिको निर्वाचनमा नेता रामचन्द्र पौडेल पक्षका सभापति उम्मेदवार श्याम पोख्रेल र उनको प्यानल विजयी भएको छ।

न्यायका लागि कष्टपूर्ण पैदल यात्रा

‘मनभरि न्यायका आशा छ,’ शीलाले भनिन्, ‘खट्टाभरि फोका लिएर कठिनपूर्ण तरिकाले पैदल यात्रा गरिरहेका छौं।’ उनीहरूसँगै न्यायका लागि पैदल यात्रा गरेका सबैका खुट्टा फोकाले भरिएका छन्। ‘यति लामो दुरीमा कहिल्यै हिँडेका थिएन,’ उनले भनिन्, ‘यसरी हिँड्दा फोका उठ्छ भन्ने पनि थाहा थिएन।’ यताउता गर्दा साइकल प्रयोग गर्ने उनी पैदल यात्रा गर्नुपर्ने बाध्यता छैन। ‘यो नयाँ अनुभव हो,’ माधप्रसादले भने, ‘खुट्टा भरिएका फोकाको वास्ता छैन। केवल न्याय भन्दै हिँडेका छौं।’

प्रसूतिपछि पेटमै टालो छुटाएको घटनामा थालियो कारबाही

शल्यक्रियाका माध्यमले प्रसूति गराउँदा पेटमा टेट्रा (गजको पत्रले बनेको टालो) छुटेकी महिलाका विषयमा परेको उजुरीविरुद्ध नेपाल मेडिकल काउन्सिलले कारबाही अघि बढाएको छ। गत वर्ष जेठ ७ गते सोलुखुम्बु जिल्ला अस्पताल फाप्लुमा २९ वर्षीया डोमा घतानीको शल्यक्रियामार्फत प्रसूति गराइएको थियो। उनको स्वास्थ्यमा जटिलता देखा पर्‍यो। उपचारका क्रममा चिकित्सकले पेटमा टालो छुटाएको पत्ता लागेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्