coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेपाली कांग्रेस धरानमा श्याम पोख्रेलको प्यानल विजयी

नेपाली कांग्रेस धरान उपमहानगर कार्यसमितिमा विजयी भएको श्याम पोख्रेलको प्यानल । फाइल तस्बिर

नेपाली कांग्रेस धरान उपमहानगर कार्यसमितिको निर्वाचनमा नेता रामचन्द्र पौडेल पक्षका सभापति उम्मेदवार श्याम पोख्रेल र उनको प्यानल विजयी भएको छ। 

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार धरानमा भएको निर्वाचनको मतपरिणाम अनुसार सभापतिका उम्मेदवार पोख्रेलले आफ्ना प्रतिस्पर्धी किसोर राईलाई ३९ मतले हराए। पोख्रेलले २६२ मत पाउदा राईले मात्र २२३ मत पाए। पार्टी सभापति शेरबहादुर देउवा निकट रहेका राईको सभापतिमा लगातार यो दोस्रो हार हो। 

यसअघि १३ औं महाधिवेशनमा पनि उनी सभापति उठेका थिए। त्यसबेला पनि उनको प्यानलै पराजित भएको थियो। राईले विगतमा १४ वर्ष धरानमा कांग्रेसको नेतृत्व गरेका थिए। मेयरमा टिकट पाउने चाहनाले यसपाली पनि उनी सभापतिमा उठेका थिए। गएको उपनिर्वाचनमा लालकिल्ला रहेको धरानमा पहिलो पटक मेयरमा कांग्रेस विजयी भएको छ।

उपसभापति पदमा पोख्रेलको प्यानलका उम्मेदवार प्रविण राईले २९० मत र सन्तोष लिम्बुले २३३ मत पाएर विजयी भए। राईको प्यानलबाट उपसभापति उम्मेदवार राजकुमार थोप्राले २१८र महेन्द्र तामाङले १८३ मात मात्र पाएर पराजित भए। यसैगरि, सचिवमा पोख्रेलको प्यानलका उम्मेदवार हिमाल श्रेष्ठले २९६ र जितेन्द्र राईले २५९ मत पाएर विजयी भए। सचिव पदमा राई प्यानलका उम्मेदवार कोपिला गौतमले १९५ र सुमन श्रेष्ठले १७१मात्र मत पाएका छन्।

यस्तै, सहसचिव पदमा पोख्रेल प्यानलका उम्मेदवार युनेश राना मगरले ३०२ मत र शिला बज्रचार्यले पनि२७१मत पाएर विजयी भए । मगर सर्वाधिक मत पाउने उम्मेदवार पनि भए। सहसचिवमा पराजित भएका राईको प्यानलका उम्मेदवार कमला कार्की बिकले १७१ र गोपाल कार्कीको १८१ मत मात्र पाए।

कुल ४९६ मतदाता प्रतिनिधि रहेको धरान कांग्रेस निर्वाचनमा ४९० मत खसेको थियो। शुक्रबार भएको उम्मेदवारी मनोनयन दर्ताको क्रममा एक सय जना कार्यसमिति सदस्यहरु भने निर्विरोध चयन भइसकेका छन्।  

प्रकाशित: १० आश्विन २०७८ ०५:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App