७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

काँग्रेस अधिवेशन : जुम्लाका चार स्थानीय तहमा सभापति चयन

नेपाली काँग्रेस जुम्लाले चारवटा स्थानीय तहको सभापतिको टुंगो लगाएको छ। जिल्लाको कनकासुन्दरी, हिमा, सिँजा र गुठिचौर गाउँपालिकामा सभापति टुंग्याएको हो। कनकासुन्दरीमा लालु बुढा, सिँजामा गोविन्द शर्मा, गुठिचौरमा टेकबहादुर भण्डारी र हिमा गाउँपालिकामा नरबहादुर शाही सभापति बनेका हुन्।

चन्ददननाथ नगरपालिकासहित तीन गाउँपालिकामा सभापति चयन प्रक्रिया जारी रहेको नेपाली काँग्रेस जुम्लाका सभापति दीपबहादुर शाहीले जानकारी दिए। ‘चारवटा स्थानीय तहमा सर्वसहमति गरेर सभापति टुंगियो’, सभापति शाहीले भने,‘बाँकी चार स्थानीय तहमा नेतृत्व छान्ने प्रयास जारी छ। सबै पालिकामा सर्वसहमतिको लागि पहल भइरहेको छ।’

जिल्लाको चन्दननाथ नगरपालिकामा भने निर्वाचन प्रक्रिया शुरु भएको छ। नगरसभापतिमा सहमपति हुन नसक्दा निर्वाचनमा जानु परेको काँग्रेसले जनाएको छ। शेरबहादुर देउवापक्षबाट अंगराज चौलागाई र रामचन्द्र पौडेल पक्षबाट रवि थापा सभापतिका लागि प्रतिस्पर्धा गर्दैछन्। दुई उपसभापतिका लागि चार जनाको उम्मेदवारी परेको छ।   देउवा पक्षबाट जयबहादुर रावल र नितेश शाहीको उम्मेदवारी परेको छ भने पौडेल पक्षबाट अंगिता खत्री (उपाध्याय) र धर्मराज देवकोटाको उम्मेदवारी परेको काँग्रेस महासमिति सदस्य गौरीनन्द आचार्यले जानकारी दिए।  

यसैगरी दुई जना सचिव पदका लागि ३ जनाको उम्मेदवारी परेको छ। देउवा पक्षबाट अर्जुन आचार्य एक्लो उम्मेदवार छन्। पौडेल पक्षबाट मक्करबहादुर रावल र हस्त सार्कीको उम्मेदवारी परेको छ। यसैगरी दुईजना सहसचिव पदका लागि ४ जनाको उम्मेदवारी परेको छ। देउवा पक्षबाट धनाकुमारी थापा र मकर बुढथापा छन्। पौडेल पक्षबाट चन्द्रबहादुर रावत र चोरबहादुर भण्डारीले उम्मेदवारी दिएका हुन्।  

नगरको नेतृत्व चयन गर्नको लागि १ सय ७२ जना मतदाता छन्।  २ जना जिल्ला बाहिर रहेको ले १ सय७० जनाले मात्र मतदान गर्न पाउनेछन्।   पातारासी, तातोपानी र तिला गाउँपालिकाको सभापाति चयनको कार्य जारी छ।

प्रकाशित: १० आश्विन २०७८ १२:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App