११ मंसिर २०८१ मंगलबार
image/svg+xml

कोरोना संक्रमणबाट दार्चुलामा एकको मृत्यु

श्वास फेर्न गाह्रो भएर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएका दुहु गाउँपालिका–२ का ३० वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको छ।

कोरोनाका कारण भारतमा थप ८ जना नेपालीको निधन

कोरोना भाइरसको कारणले विदेशमा थप ८ जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघका अनुसार यो साता भारतको महाराष्ट्र र चेन्नाईमा कोरोना भाइरसका कारण ८ जना नेपाली ज्यान गएको हो।

कोरोनाले बजेन मादल, नाचिएन सखिया

दसैंदेखि तिहारसम्मको एक महिना रातभर मन्द्रौहा र सखिया नाचले गुन्जयमान हुने थारू गाउँ यसपालि भने सुनसान बनेका छन्।

कोरोना कहरबीच दियाबातीमा रंगिँदै मधेस

मधेसमा दुई साताअघिदेखि नै दियाबाती पर्वको तयारी गरिन्छ। घरआँगन सरसफाइ र लिपपोत गरी परम्परागत रङले भित्तामा मिथिला चित्र बनाइन्छ।

कोरोना खोप ९० प्रतिशत सफलताको अर्थ: नेपालमा आउन कति समय लाग्ला

नेपालमा खोप कहिलेसम्म आउला भनेर निश्चित भन्न नसकिए पनि समग्र अवस्था र प्रयास अपेक्षित रहेमा आगामी तीनचार महिनामा पहिलो लट उपलब्ध हुने विश्वास गरिएको छ। स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलका अनुसार मार्चसम्म नेपालमा सीमित मात्रामा खोप उपलब्ध हुन सक्छ।

थपिए २१ सय ११ जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा २१ सय ११ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक १३ जनाको मृत्यु भएको छ।

अमेरिकाले नेपाललाई दियो १ सय थान भेन्टिलेटर

अमेरिकी सरकारले आफ्नो अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक सय थान भेन्टिलेटर हस्तान्तरण गरेको छ।

हुम्लामा चार नयाँ सङ्क्रमित भेटिए

कात्तिक १८ गतेदेखि कोरोना सङ्क्रमण मुक्त भएको हुम्लामा बिहीबार राति चार नयाँ सङ्क्रमित भेटिएका छन्। कोरोना लक्षण भएको आशङ्कामा स्वाब परीक्षणका लागि सुर्खेत पठाइएको थियो। राति चार जनामा कोरोना पोजेटिभ नतिजा देखाएको हो।

कोरोनामा सरकारी नीति: संक्रमित पनि संक्रमणमुक्त

‘अब म सरकारको घोषणाअनुसार संक्रमित रहिन, तर कोरोना जाँचको रिपोर्टअनुसार म अहिले पनि संक्रमित नै हुँ। म सरकारको घोषणालाई आधिकारिक मानुँ या आफ्नो स्वास्थ्य जाँचको रिपोर्ट ?’

संक्रमित पनि संक्रमणमुक्त !

घोराही उपमहानगरपालिका वडा नम्बर १५ रतनपुरका बिपिन रावत (नाम परिवर्तन) कोरोना संक्रमण भएको महिना दिन नाघिसक्यो।

कोरोना त्रासले गाउँमै रोकिए मनाङी र मुस्ताङी

चिसो बढ्दै जाँदा हिमाली जिल्ला मुस्ताङ र मनाङका माथिल्लो भेगका बासिन्दा जाडो छल्न यो बेला धमाधम तल (पोखरा, काठमाडौं, चिवतन, बेशीसहर लगायत) झरिरहेका हुन्थे ।

भारतले तयार पार्‍याे ४ करोड कोरोना खोप, लगाउन १६ सय जनाले गराए नाम दर्ता

सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआइआई) ले अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका कम्पनी मिलेर विकास गरेको कोरोनाविरुद्ध खोपको ४ करोड डोज तयार पारिएको बिहीबार जानकारी दिएको हो।

भारतमा कोरोना संक्रमित ८६ लाख नाघे, ८० लाख ६६ हजार संक्रमणमुक्त

भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या पछिल्लो २४ घण्टामा ४७ हजार ९०५ जना रहेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

कोरोनाविरुद्ध क्रियाशीलता

विगतमा जे/जस्तो गल्ती भयो, त्यसबाट पाठ सिक्दै कोरोना महामारी नियन्त्रणका लागि प्रधानमन्त्रीकै नेतृत्वमा विज्ञहरू सम्मिलित कार्यदल गठन गरेर तत्कालीन र दीर्घकालीन रणनीति बनाउँदै अघि बढ्नुको विकल्प छैन। र, कोरोना महामारी नियन्त्रणका लागि राज्यले स्रोतसाधन परिचालनमा कुनै कन्जुस्याइँ गर्न हुँदैन।

होम आइसोलेसनका संक्रमितलाई सेवा दिने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई स्वास्थ्य सेवा दिनेगरी सरकारले प्रक्रिया अघि बढाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्