३ असार २०८१ सोमबार
image/svg+xml
समाज

कोरोना संक्रमणबाट दार्चुलामा एकको मृत्यु

श्वास फेर्न गाह्रो भएर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएका दुहु गाउँपालिका–२ का ३० वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको छ। उनलाई दुई दिन अघिदेखि श्वास फेर्न गाह्रो भएको थियो। नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रमा कार्यरत कर्मचारीको जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि थप उपचारको लागि धनगढी लैजाने क्रममा बैतडीको सतबाजमा मृत्यु भएको थियो।  

कोरोनासँग मिल्दोजुल्दो लक्षण भएपछि स्याब सङ्कलन गरी कोरोना परीक्षण गर्दा उनको कोरोना पोजेटिभ देखिएको बैतडी अस्पतालका प्रयोगशाला प्रमुख श्यामराज जोशीले जानकारी दिए। जिल्ला अस्पतालको आकस्मिक र प्रसूति सेवाबाहेकको अन्य सेवा बन्द गरिएको छ। 

ती युवकको उपचारमा अस्पतालका कर्मचारी खटिएका कारण कोरोनाको जोखिमलाई मध्यनजर गर्दै अस्पतालले आजदेखि आकस्मिकबाहकेका सबै सेवा बन्द गरिएको अस्पतालका डा गजेन्द्र दुवालले बताए। अस्पतालले आकस्मिक र प्रसूति सेवाबाहेकका अन्य सेवा अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको जनाएको छ। रासस

प्रकाशित: १ मंसिर २०७७ ०९:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App