३० वैशाख २०८१ आइतबार
image/svg+xml

महँगी र भ्रष्टाचारविरुद्ध एमालेको जनप्रदर्शन (फोटोफिचर)

गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यान्नको मूल्यवृद्धि र हरेक क्षेत्रमा जीवनयापनको मूल्यवृद्धिको विषयलाई लिएर एमालेले विरोध प्रदर्शन गरेको हाे।

पेट्रोलियम पदार्थको मूल्य नघटाएकोमा संसदमा आपत्ति

‘पुस्तक नपाएर विद्यार्थी समस्यमा छन्, मल नपाएर किसान समस्यामा छन्, सरकारलाई हतियार किन्ने पैसा हुन्छ, तर मल किन्ने पैसा हुँदैन,’

महँगीको मार

जब भान्सा नै महँगो हुन्छ भने त्यसबाट कोही पनि प्रभावित नभई रहन सक्दैन। भान्सामा प्रयोग गर्ने दैनिक खाद्यान्नदेखि तरकारी लगायत सबैको भाउ अकासिएको छ। यसले सबैलाई प्रभावित पारे पनि सबैभन्दा ज्यादा मारमा भने दैनिक ज्यालादारी गरेर जीविका चलाउँदै आएका मजदुर र तिनका परिवार परेका छन्। उनीहरूको दैनिकी नै कष्टकर बनेको छ।

किन फरक तरिकाले मनाउने यो दसैं?

बजारसँग व्यापारी र चाडपर्वसँग उपभोक्ता जोडिन्छन्। चाडपर्वमा सामान्य अवस्थामा भन्दा बढी किनमेल हुन्छ। सामान्य जीवन व्यवहार चलाइरहेका आम नेपालीले चाडपर्वमा मात्रै भए पनि मिठो मसिनो र राम्रो लुगा लगाउने मानसिकता र परम्परा रहि आएको छ। यहि मानसिकता र परम्पराको गलत फाइदा उठाउने गरेको आरोप लाग्दै आएको छ नेपालको बजार र व्यापारीलाई।

तामाकोसी ढिलाइले कति घाटा ?

नेपाल विद्युत् प्राधिकरणले तामाकोसीको बिजुली प्रतियुनिट ४.०६ रूपैयाँको दरले किनेर प्रतियुनिट औसतमा ९ रूपैयाँ ५० पैसाको दरले बिक्री गर्न सक्थ्यो। आयोजना तोकिएको समयमै नबन्दा प्राधिकरणले पनि प्रत्येक वर्ष १० अर्बको दरले ६ वर्षमा ६० अर्ब रूपैयाँ आम्दानी गुमाएको छ। यो आयोजनामा सेयर लगानी गरेका लगानीकर्ताले पनि ६ वर्षको अवधिसम्म प्रतिफल प्राप्त गर्न सकेका छैनन्।

खानेतेलमा ४५ र गेडागुडीमा ४० रूपैयाँसम्म महँगी

गत साउनमा तोरी तेलको मूल्य प्रतिलिटर २२५ रूपैयाँ थियो। अहिले २० रूपैयाँ २४५ रूपैयाँ पुगेको छ। त्यस्तै सनफ्लावर तेलको मूल्य प्रतिलिटर १६५ रूपैयाँबाट बढेर २१० पुगेको छ। सनफ्लावर तेलमा लिटरको ४५ रूपैयाँ मूल्य बढेको छ। भटमास तेलको मूल्य पनि ४५ रूपैयाँ बढेको छ। साउनमा पोखरामा भटमास तेलको मूल्य लिटरको १५५ रूपैयाँ रहेकोमा अहिले २०० छ।

प्राध्यापक संघ‌‌द्वारा महँगी भत्ता माग

नेपाल प्राध्यापक संघ‌‌ले मूल्य वृद्धिको अनुपातमा प्राध्यापक तथा कर्मचारीलाई तत्काल महँगी भत्ताको व्यवस्था गर्न माग गरेको छ । संघ‌‌ले आज त्रिविका उपकुलपति डा. धर्मकान्त बाँस्कोटामार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज पठाइएको २० बुँदे ज्ञापनपत्रमा प्राध्यापकहरुको नयाँ मर्यादाक्रम कार्यान्वयनमा आउनुपर्ने, अवकाशको उमेर हद ६५ बनाइनुपर्ने, प्राध्यापकहरुको सेवा सुविधा सार्कस्तरीय हुनुपर्ने, स्वास्थ्योपचार सुविधालाई सेवानिवृत्त भएपछि पनि यथावत् कायम राखिनुपर्नेलगायत छन् ।

सुर्तीको मूल्य पाँच गुणा बढी, सीमा क्षेत्रमा तस्करी बढ्यो

लकडाउनका कारण बजारमा सुर्तीको मूल्य पाँच गुणा बढेको छ। १० रुपैयाँ पर्ने सुर्ती यतिबेला ५० रुपैयाँमा बिक्री भैरहेको छ। लामो लकडाउनसँगै बजारमा सुर्तीको अभाव भएपछि मूल्य ह्वात्तै बढेको हो।

महँगी र कालोबजारी नियन्त्रण गर्न संयुक्त विद्यार्थी संगठनको माग

अनेरास्ववियू पाचौंको कार्यालय रातोपुलमा बसेको विद्यार्थी संगठनको संयुक्त बैठकले चार बुँदे मागसहित संयुक्त प्रेस विज्ञप्ति जारी गरेको छ।

पाकिस्तानमा कृषि उत्पादनको मूल्य आकासियो

आर्थिक संकटको पीडा खेप्दै आएको पाकिस्तानमा कृषि क्षेत्रका उत्पादनहरुको मूल्य अकासिएको छ। राष्ट्रिय ढुकुटी रित्तिदै जाँदा त्यसको असर कृषि क्षेत्रमा देखा परेको हो। हाल पाकिस्तानको मुद्रास्फीति दर दोहोरो अंक नजिक छ।

मारमा उपभोक्ता

भाटभटेनी सुपर मार्केटमा आजकल एक किलो चिनीको मोल ७२ रुपैयाँ पर्दछ। दसैं, तिहार, छठ जस्ता चाडपर्वको समयमा ५९ रुपैयाँ किलो चिनी बेचेको भाटभटेनी केही साता अघिसम्म ६९ रुपैयाँमा बेच्दैथ्यो। आजकल ७२ कायम छ। बजारमा सामान्य तथा ७५ रुपैयाँ किलोमा चलेको छ।

महँगो भान्सा

बजारमा यतिबेला रातो आलुको थोक मूल्य किलोको २० देखि ३० रुपैयाँ छ। पोहोर पनि यो बेला आलुको मूल्य यही थियो। त्यस्तै प्याजको थोक मूल्य पनि पोहोर र अहिले एकैनास अर्थात् किलोको २५ देखि २८ रुपैयाँ छ।

सीमा वारपारमा मूल्यमा भारी अन्तर

वीरगञ्ज सहरसँगै जोडिएको नेपाल–भारतबीचको दशगजा पारि विहार प्रान्तको सीमावर्ती सहर रक्सौल छ। पारि गुड्ने भारतीय रेलको आवाज वीरगञ्जमा मज्जाले सुनिन्छ। दुवैतिर बसोबास गर्ने मानिसहरुको संस्कृति र खानाको शैली उस्तैउस्तै छ। सीमापारिका मानिसको थालमा पस्किने खाना र वारिका मानिसको थालमा पस्किने खानाको लागत (मूल्य) मा भने भारी अन्तर छ। उनीहरुले सस्तोमा उपभोग गर्ने खाना नेपालीले महँगोमा पाउँछन्।

भान्सा महँगियो , ठगिँदै उपभोक्ता

आम्दानी बढेको छैन। खर्च बढेको बढै छ। हुनेखानेले ‘भेराइटी’ खान्छन्। न्यून आम्दानी हुनेलाई बिहान–बेलुका छाक टार्न पनि हम्मे छ। सरकार महँगी घटेको दाबी गर्छ। बजारले अनुभूति दिलाउन सकेको छैन। दैनिक उपभोग्य वस्तुको भाउ बढ्दा भान्सा महँगिएको हो। बजारमा उपभोक्ताले चर्को मूल्यमा दैनिक उपभोग्य वस्तु खरिद गरिरहेका छन्।

दसैंको चहलपहलसँगै महँगी अकासियो

दसैंको चहलपहल बढेसँगै दसैंका लागि चाहिने सामग्री किनमेल गर्नेको बजारमा भीड बढेको छ । काठमाडौंको न्युरोड, असन, इन्द्रचोकलगायत स्थानमा आवश्यक सामग्री किनमेल गर्नेको भीड लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्