२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

पहिरोले घर पुरिँदा बागलुङमा ३ जनाको मृत्यु

भिषण बर्षासँगै आएको पहिरोले बागलुङमा ३ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। सोमबार राति तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिकामा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए।

बाढीपहिरोः रुकुम पश्चिममा दुई बेपत्ता, पाँच घुम्ती बगायो

सोमबार राति परेको अविरल वर्षापछि आएको बाढीपहिरोले कतै घर बगाएको छ भने कतै सडक अवरुद्ध बनेका छन्। रुकुम पश्चिम बाँफिकोट गाउँपालिका–९, हस्तबहादुर सुनारको घर पहिरोले बगाउँदा दुईजना बेपत्ता भएका छन्।

बाढी/पहिरो: असर र न्यूनीकरणका उपाय

‘स्मल इज ब्युटिफुल’ भन्ने मन्त्रलाई आत्मसात गर्दै ससाना मोडेलबाट सिक्दै विकास कार्यमा नेपाली परिवेशको खाँचो, भूबनोट, प्राकृतिक अवस्था सबैलाई केन्द्रमा राखेर योजनाहरू तर्जुमा गर्नुपर्छ न कि विदेशी दातृराष्ट्रहरूको आवश्यकताअनुसार।

ताप्लेजुङमा बाढीपहिरोले ८६ लाख बढीको क्षति, २ जना बेपत्ता

असार १ गतेदेखि साउन पहिलो सातासम्मको अवधिमा ताप्लेजुङमा बाढी र पहिरोका कारण साढे ८६ लाख बढी मूल्य बराबरको धनमाल नष्ट भएको छ । बाढी र पहिरोमा परी अझै २ जना बेपत्ता छन् भने १२ घर परिवार बिस्थापित भएका छन् ।

नौलीखोला थुनियो, लापुबेसीको बस्ती जोखिममा

उत्तरी गोरखाको धार्चे गाउँपालिका ७ माबु भन्ने ठाउँमा नौलीखोला थुनिएको छ। बस्ती नजिकै रहेको खोला थुनिएर ताल बनेको स्थानीय शिक्षक बिरबल गुरुङले बताए।

तराईमा चुरे संरक्षण नगरेसम्म बाढी र कटान रोक्न सकिदैन : मन्त्री सोनल

प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले तराई क्षेत्रमा देखिएको बाढी र नदीको कटानको समस्य दिर्घकालिन रुपमा समाधान गर्न चुरे संरक्षण तर्फ सबैले ध्यान दिनु पर्ने बताएका छन्।

पहिरोमा पुरिएर एक बेपत्ता

चुमनुब्री गाउँपालिका वडा नम्बर ३ फिलिममा पहिरोमा पुरिएर एक जना बेपत्ता भएका छन्। गएराति गोठमा सुतिरहेका बेला पहिरो खस्दा ७६ वर्षिय कान्छा गुरुङ बेपत्ता भएको वडा अध्यक्ष रामकुमार गुरुङले बताए।

उद्धार गर्न सेनाका हेलिकोप्टर तयारी अवस्थामा

बाढीपहिरोमा परेकाको तत्काल उद्धार र राहत वितरणका लागि नेपाली सेनाले काठमाडौं, इटहरी, भरतपुर र सुर्खेतमा हेलिकोप्टर तयारी अवस्थामा राखेको छ।

बाढीले बगाउँदा एक जनाको मृत्यु

बाढीले बगाउँदा अर्घाखाँची शीतगंगा–१४ का ५८ वर्षीय कर्णबहादुर दर्जीको मृत्यु भएको छ । बाणगंगा नदीमा नुहाइरहेका बेला उनलाई बढीको भेलले बगाएको थियो ।

२ दर्जनभन्दा बढी जिल्लामा बाढीको ‘मध्यम जोखिम’

महाशाखाका अनुसार आज बागमती, कन्काई, कमला, पश्चिम राप्तीका केही सहायक नदीमा आकस्मिक बहाव आउने थोरै सम्भावना छ ।

एक महिनामा १३ जनाको मृत्यु, दर्जनौं परिवार घरबारविहिन

सुदूरपश्चिम प्रदेशको ७ पहाडी जिल्लामा पहिरो र तराईका दुई जिल्लामा बाढीले ठूलो क्षती गरेको छ। सुदूरपश्चिममा एक महिनामा मात्र पहिरोले १३ जनाको ज्यान गएको छ। भने १८ जना घाइते भएका छन्। यसैगरि पहिरोले दुई दर्जन बढी घर बगाएको छ, भने बाढीले ६ दर्जन बढी परिवार विस्थापित भएका छन।

रोकिएन बाढीपहिरोको क्षति, थप सातको शव फेला

अविरल वर्षाका कारण बुधबार पनि देशका विभिन्न ठाउँमा मानविय तथा भौतिक संरचनामा व्यापक क्षति गरेको छ। बुधबार विभिन्न ठाउँमा ७ जनाको शव फेला परेको छ, भने दर्जन बढी बाढीपहिरोमा परेर घाइते भएका छन्। बाढी र पहिरोका कारण प्रहरी चौकीका साथै स्थानीयवासी विस्थापित हुनुपर्ने अवस्था सिर्जना भएको छ।

रसुवागढी नाका जोड्ने सडक अवरुद्ध

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक पुनः अवरुद्ध भएको छ। हिजो दिउँसो साढे २ बजेदेखि सञ्चालनमा आएको सडक खण्डमा बिहीबार बिहान आधा दर्जन स्थानमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो।

पहिरोले एक परिवार बिस्थापित

पहिरोका कारण खोटाङको जन्तेढुंगा गाउँपालिका–२ बोपुङका मणीकुमार राईको परिवार विस्थापित भएका छन् । साउन ३ र ४ गतेको अविरल वर्षाका कारण घरको पेटीबाट पहिरो गएपछि राईका ६ जनाको परिवार विस्थापित भएका हुन् । पेटीबाटै पहिरो गएपछि राई परिवारलाई सिंहदेबी माबिको कोठामा सारिएको बोपुङका वडाध्यक्ष गणेश बिष्टले बताए ।

रौतहटमा बाढीको कहर : सडक संजाल जलमग्न, धान खेती नष्ट

लगातार परेको पानीले रौतहटको अधिकांश जमिन डुबानमा परेसँगै नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको क्याम्प समेत डुबानमा परेका छन् । गत आईतबार देखि निरन्तर रुपमा भईरहेको वर्षाको कारण बकैया र बागमती नदिमा आएको बाढीको पानीले सशस्त्र प्रहरी तथा नेपाल प्रहरी कार्यालयहरू डुबानमा परेपनि सुरक्षाकर्मीले बाढी पिडितको उद्धारमा खटेको पाइएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्