२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

२ दर्जनभन्दा बढी जिल्लामा बाढीको ‘मध्यम जोखिम’

फाइल तस्बिर : केही दिनअघि सिन्धुपाल्चाेककाे बाह्रबिसे क्षेत्रमा आएको बाढी

वर्षा कम भएसँगै देशभर बाढीको ‘उच्च जोखिम’ त घटेको छ तर ‘मध्यम जोखिम’ भने कायमै रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।  

यो पनि पढ्नुहोस्

वर्षा कम हुँदै, शनिबार अझ घट्ने

महाशाखाका अनुसार आज बागमती, कन्काई, कमला, पश्चिम राप्तीका केही सहायक नदीमा आकस्मिक बहाव आउने थोरै सम्भावना छ ।  

यस्तै जिल्लाका हिसाबले काठमाडौंसहित देशका २७ भन्दा बढी जिल्लामा बाढीको ‘मध्यम जोखिम’ रहेको महाशाखाले बिहीबार बिहान जारी गरेको बाढी पूर्वानुमान बुलेटिनले देखाएको छ ।  

बुलेटिनअनुसार आज काठमाडौं उपत्यकासहित इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, नुवाकोट, तनहुँ, लमजुङ, स्याङ्जा, कास्की, पर्वत, म्याग्दी, चितवन, नवलपरासी, गुल्मी, पाल्पा, रोल्पा, प्युठान, रुकुम, दाङलगायत आसापासका स्थान भई वहने साना नदीमा आकस्मिक बहाव आउने थोरै सम्भावना छ ।  

आजदेखि शनिबारसम्म देशभर बाढीको उच्च जोखिम भने नरहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।  

प्रकाशित: ८ श्रावण २०७७ ०७:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App