२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

विस्थापित परिवार तीन दिनदेखि सडकमा

नदीमा आएको बाढी बस्तीमा पसेर विस्थापित भएका कैलाली भजनीका दुई हजार परिवार शुक्रबार साँझसम्म घर फर्कन सकेका छैनन्। उनीहरू तीन दिनदेखि हुलाकी सडक किनारमा बसिरहेका छन्।

गुल्मीमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु

गुल्मीमा पहिरोमा परेर एकै परिवारका चार जनाको मृत्यु भएको छ। रुरुक्षेत्र गाउँपालिका ५ अन्र्तगत टाहाटिम नजिकै आँटीपाटामा शुक्रबार राति स्थानीय राजु माझीको घर पहिरोले पुरिएको हो।

बाढीमा बेपत्ता शाहीको शव भेटियो

बाढीमा बगेर बेपत्ता थप एक व्यक्तिको शव भेटिएको छ। बेपत्ता भजनी नगरपालिका–८ काँडाका ४२ वर्षका इश्वर शाहीको शव आज बिहान साढे आठ बजेतिर भेटिएको हो।

पहिरोको पीडा

दैलेखको दुल्लु नगरपालिका–५ पोखराकी रीता धमाला पोखरेलले दुल्लु अस्पतालमा साउन १३ गते छोरालाई जन्म दिइन्। सुत्केरी हुँदा रक्तश्राव नरोकिएन्। थप उपचारका लागि रीतालाई कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याउनुपर्ने भयो।

कर्णाली प्रदेश, बाढीपहिरोमा परी ३४ जनाको मृत्यु

कर्णालीमा मनसुन सुरु भएयता यस वर्ष बाढी पहिरोमा परेर ३४ जनाको मृत्यु भएको छ, भने आठजना बेपत्ता छन्। यस वर्ष बर्खामा दुई करोड ९१ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ। बाढी पहिरोमा परेर सुर्खेत, सल्यान र दैलेखमा एक÷एक, जाजरकोटमा १५, कालीकोटमा १२ र रुकुम पश्चिममा चारजनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

बाढीपहिरोमा परी कर्णालीमा ३४ जनाको मृत्यु

कर्णालीमा मनसुन सुरु भएयता यस वर्ष बाढी पहिरोमा परेर ३४ जनाको मृत्यु भएको छ भने आठजना बेपत्ता छन् । यस वर्ष वर्षामा दुई करोड ९१ लाख रूपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

सुदूरपश्चिममा बाढीपहिराेः ६ हजार घर डुबानमा, ४ जना बेपत्ता

सुदूरपश्चिममा मंगलवार रातिदेखि आएको अबिरल बर्षाका कारण आएको पहिरो र बाढीले ठूलो क्षति गरेको छ। पहाडी जिल्लामा पहिरोले र तराईमा बाढीले जनजिवन अस्तव्यस्त बनाएको छ।

खोला र आकाशे पानी पिउन बाध्य म्याग्दीका पहिरो पीडित

म्याग्दीको धवलागिरी गाउँपालिका–६,मराङमा पहिरोले खानेपानीको मुहान पुरिदिएपछि खानेपानीको समस्या देखिएको छ। गत असार २६ गते विहान आएको पहिरोले गाउँ नजिकै रहेको मुहानसँगै पानी वितरण गरिने मुख्य ट्यांकी, पाइप बगाउँदा विस्थापितलाई पिउने पानीको समस्या भएको हो।

मुलकभर बाढीपहिरो: १४ जनाको मृत्यु, ७ बेपत्ता

मंगलबारदेखिको अबिरल वर्षाका कारण विभिन्न नदीमा आएको बाढीपहिरोमा परी मुलुकभरमा १४ जनाको मृत्यु भएको छ भने ७ जना हराइरहेका छन्। बाढीपहिरोमा परी कालिकोटमा १०, दाङमा २, उदयपुरमा १ र धनगढीमा १ जनाको ज्यान गएको छ भने धनगढीमा ४ तथा कालिकोट, सुर्खेतमा र धनगढीमा १÷१ जना गरी ७ जना हराइरहेका छन्।

बाढीमा तीन जना बेपत्ता, तीनको सकुशल उद्धार

गएरातिदेखि भइरहेको अविरल वर्षासँगै कैलाली जिल्लाको काँडा नदीमा आएको बाढीमा बगेर स्थानीय तीन जना बेपत्ता भएका छन् । भजनी नगरपालिका–८ का ईश्वर शाह, चक्र विक र ११ वर्षीय स्केल चौधरी नदीको बाढीमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतिक विष्टले जानकारी दिए ।

डुबान र बाढीको पीडामा सुस्तावासी

बाढीले घर भत्किएपछि उनको घरमा पनि खानेकुरा तथा लत्ताकपडा केही छैनन् । ‘न बस्ने बास रह्यो न खाने कुरा नै छ हामी त बर्बाद भयौं’ चमारले भने । सोमबारदेखि निरन्तर भइरहेको वर्षाले पुनः यहाँ डुबाल परेको छ ।

डुबान र बाढीको पिडामा छट्पटाउदै सुस्ता

नवलपरासीको सुस्ता गाउँपालिका ५ स्थित नारायणी पारीको सुस्ताकी पार्वती भरको घर बाढीले भत्काइ दिएको ७ दिन भयो । साउन ६ गते बस्ती पसेको नारायणीले घरसंगै लत्ताकपडा अन्नपात सबै नास गरीदियो । बाख्रा, कुखुरा बाढीमै बगे ।

आज यी जिल्लामा बाढीको उच्च जोखिम

बाढी पूर्वानुमान महाशाखाले मंगलबार बिहान जारी गरेको ‘बाढी पूर्वानुमान बुलेटिन’अनुसार आगामी तीन दिन अर्थात् मंगलबारदेखि शुक्रबारसम्म देशभर बाढीको उच्च जोखिम छ ।

विपदमा ‘विकास’को भाग

हामीले भन्ने गरेका विकासलाई विपद्सँग जोडेर हेरौँ । नेपालमा मुख्यरूपमा विकासका रूपमा सडक विस्तार, सहरीकरण, भौतिक संरचना निर्माण आदि विशेषगरी विपद्सँग जोडिएका छन् ।

पहिरोले घर बगाउँदा एकको मत्यु, पाँच बेपत्ता

निरन्तरको वर्षाका कारण राष्टकोट नगरपालिका र पचालझरना गाउँपालिका जोड्ने फुगाडखोला माथिको मोटरेवल पुल पनि बगाएको छ। कर्णाली करिडोर अन्र्तगत पर्ने फुगाड खोलाको मोटरेवल पुल बगाएको डिएसपी ओलियाले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्