७ आश्विन २०८१ सोमबार
image/svg+xml

मन्त्रिपरिषदलाई चाँडै पूर्णता दिन प्रधानमन्त्री गम्भीर हुनुहुन्छः नेता लेखक

‘मन्त्रिपरिषद विस्तार गर्ने कुरामा यो सरकारमा संलग्न हुने सबै राजनीतिक दलका मुख्य नेताहरुका बीचमा संवाद भईरहेको छ। छलफल भईरहेको छ। र चाँडै मन्त्रिपरिषद विस्तार हुन्छ भन्ने कुरा आग्रह गर्न चाहन्छु। ढिलो भएको छ। चाँडै गर्नुपर्छ। त्यसमा प्रधानमन्त्रीजी गम्भिर हुनुहुन्छ’, उनले भने।

एमालेको माग सभामुखले पूरा गर्न सक्नु हुन्न: शशांक कोईराला

उनले भने, ‘उनीहरुले के भन्छन् भने माधवकुमार नेपालसहित जति पनि मान्छेहरु छन्। उनीहरुलाई निस्काशन गर्नुस्। त्यो त सभामुखले गर्न सक्नु हुन्न। यसैमा विरोध भईरहेको छ।

सुनसरीमा देउवा पक्षीय कमजोर, पौडेल समूहको पकड

यहाँ १२ वटा स्थानीय तह रहेकोमा शनिबार भएको ११ वटा पालिकामध्ये सातवटामा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको नेतृत्व विजयी भएको छ। तीनवटा स्थानीय तहमा देउवा पक्षीयले जितेको छ भने एउटामा विजयी नेतृत्व ‘क्लियर’ खुलेका छैनन्।

काँग्रेस उपसभापति गच्छदारको गृह नगरमा वरिष्ठ नेता पौडेल पक्षीय विजयी

नेपाली काँग्रेस संस्थापन समूहका नेता पार्टी उपसभापति विजयकुमार गच्छदारको गृह नगर सुनसरी दुहवीमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय उम्मेदवार विजयी भएका छन्।

भक्तपुरका चारवटै नगरमा नेतृत्व चयन

भक्तपुर नगर सभापति तमखु नेतृत्वका उपसभापतिमा राजन जोशी र रोशन तुकबन्जार, सचिवमा रत्नसुन्दर खुजु र सुनिलराज दैवज्ञ, सहसचिवमा विष्णुप्रसाद गणेजु र आरती रञ्जीत, नगर क्षेत्रीय प्रतिनिधिमा रमा ढकाल शिल्पकार र विश्वजित भैल विजयी भएकी छिन् ।

गतिहीन गठबन्धन

मन्त्रालय खालीराखेर सरकार चलाइरहँदा नकारात्मक सन्देश जान्छ। बरु देउवाले आफ्नो दलका सांसदलाई पहिल्यै जानकारी गराएर गठबन्धनका मन्त्री नआउञ्जेलकै निम्ति भए पनि सरकारलाई पूर्णता दिन सक्छन्। देउवालाई यसका निम्ति गठबन्धन दलका नेताले सजिलो पारिदिनुपर्छ।

स्थानीय तहका अधिवेशन सम्पन हुँदै

धरान उपमहानगर कार्यसमितिको निर्वाचनमा नेता रामचन्द्र पौडेल पक्षका सभापति उम्मेदवार श्याम पोखरेल र उनको प्यानल विजयी भएको छ।

काँग्रेस अधिवेशन : जुम्लाका चार स्थानीय तहमा सभापति चयन

‘चारवटा स्थानीय तहमा सर्वसहमति गरेर सभापति टुंगियो’, सभापति शाहीले भने,‘बाँकी चार स्थानीय तहमा नेतृत्व छान्ने प्रयास जारी छ। सबै पालिकामा सर्वसहमतिको लागि पहल भइरहेको छ।’

कांग्रेसले चुन्यो पालिका नेतृत्व

नेपाली कांग्रेसले इलामका नगर र गाउँपालिकास्तरका पार्टी कार्यसमिति चयन गरेको छ। शनिबार भएको निर्वाचनपछि राति अबेरसम्ममा जिल्लाका ४ नगर र ६ गाउँपालिकाकै नतिजा आएको छ।

कांग्रेस अधिवेशनमा शिक्षकलाई नखटाउने निर्णय

नेपाल शिक्षक सङ्घले शिक्षकलाई नेपाली कांग्रेसको १४औँ महाधिवेशनका सन्दर्भमा हुने कुनै पनि निर्वाचनको मतदान अधिकृतमा नखटाउने निर्णय गरेको छ।

थप पाँच जिल्लाका क्रियाशील सदस्यता सार्वजनिक

नेपाली कांग्रेसले १४औँ महाधिवेशनका लागि थप पाँच जिल्लाका क्रियाशील सदस्यको अन्तिम नामावली सूची सार्वजनिक गरेको छ।

महाधिवेशनको मुखमा 'जरा सिँच्दै' काँग्रेस पर्सा

विगत लामो समयदेखि पार्टी कार्यालयविहीन रहेको नेपाली काँग्रेस, पर्साले वीरगन्ज महानगरपालिका–२४, रामगढवामा नयाँ भवन बनाएर त्यसको नामाकरण पुराना नेताहरुको नामले गरेको छ। भवनको नाम आत्माराम ओझा दुखा सहनी स्मृति भवन राखिएको छ। १४ औं महाधिवेशनको चटारोबीच भवनको संरचना खडा गर्न पनि तीव्रता दिइएको छ।

नेपाली कांग्रेस धरानमा श्याम पोख्रेलको प्यानल विजयी

नेपाली कांग्रेस धरान उपमहानगर कार्यसमितिको निर्वाचनमा नेता रामचन्द्र पौडेल पक्षका सभापति उम्मेदवार श्याम पोख्रेल र उनको प्यानल विजयी भएको छ।

प्रकाशमान सिंहद्वारा सभापतिमा उम्मेदवारी घोषणा

नेता सिंहले पार्टीमा आमूल परिवर्तन ल्याउनका लागि पनि आफूले पार्टीको ‘नम्बर वान म्यान’ भएर काम गर्ने निष्कर्ष निकालेको पनि स्पष्ट पारे। नेपाली काँग्रेस काठमाडौं महानगर पालिका वडा नम्बर १७ ले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले अवसर पाएर पनि नेताहरुले काम नगरेका कारण पार्टी लथालिंग अवस्थामा पुगेको उल्लेख गर्दै १४ महाधिवेशनले पनि पूरानै नेताहरुलाई नेतृत्व सुम्पिए नेपाली काँग्रेसको हालत प्रजापरिषदको जस्तै हुने चेतावनी समेत दिए।

प्रधानमन्त्री देउवाद्वारा स्वास्थ्य मापदण्ड पालना गरी अधिवेशनमा सहभागी हुन आग्रह

पार्टीका क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी १३ जिल्लामा भने अझै वडा अधिवेशन प्रारम्भ हुन सकेको छैन। कांग्रेसको केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्