७ आश्विन २०८१ सोमबार
image/svg+xml

लुम्बिनी प्रदेश : १० जिल्लामा गाउँ-नगर अधिवेशन सुरु

लुम्बिनी प्रदेशका बाह्र जिल्ला मध्ये १० वटामा नेपाली काँग्रेसको गाउँ–नगर अधिवेशन सुरु भएको छ। बाँके र गुल्मी बाहेकका जिल्लामा बिहान ८ बजेदेखि निर्वाचन कार्यक्रम सुरु भएको हो। जसअन्तर्गत पालिकाहरुमा उम्मेदवारी दर्ता सकिएको छ। बाँकेमा क्रियाशील सदस्यता विवाद टुंगिन बाँकी छ। गुल्मीमा आन्तरिक विवादका कारण अधिवेशन सुरु हुन नसकेको बताइएको छ।

पालिकाको नेतृत्व चुन्दै कांग्रेस

इलामका पालिकास्तरको पार्टी कार्यसमिति चयन गर्न नेपाली कांग्रेसको अधिवेशन आज (शनिबार) हुँदैछ। साँझसम्ममा अधिवेशन/मतदान सकेर आइतबारसम्ममा सबै पालिकाको नतिजा आउने कांग्रेस जिल्ला समितिले जनाएको छ।

कांग्रेसको पालिका अधिवेशन आजदेखि प्रारम्भ

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि गाउँ/नगर अधिवेशन प्रारम्भ हुँदैछ। कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ।

अन्योलमा कांग्रेस महाधिवेशन

तल्लो तहका अधिवेशन प्रभावित हुँदा महाधिवेशन तोकिएको मितिमा गर्न नसकिने भन्दै आगामी केन्द्रीय समितिको बैठकबाट नयाँ मिति तोक्ने तयारी छ। सभापति शेरबहादुर देउवासहित संस्थापन पक्ष सकेसम्म फागुन, नभए पनि पुससम्म महाधिवेशन सार्ने पक्षमा देखिएको छ।

जनकपुर–जयनगर रेल्वे सञ्चालनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टी उपसभापति विमलेन्द्र निधिले जनकपुर–जयनगर रेल्वे तत्काल सञ्चालनका लागि सरोकारवाला निकायलाई निर्देशन दिन आग्रह गरेका छन्।

कांग्रेस काठमाडौँको नगर अधिवेशन असोज १६ मा

नेपाली कांग्रेसकाठमाडौँको नगर अधिवेशन यही असोज १६ गते हुने भएको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशन सम्पन्न भएका जिल्लाको पालिका एवम् नगर अधिवेशन असोज ९ गते गर्ने निर्णय गरे पनि काठमाडौँको भने असोज १६ गते शनिबार हुने भएको हो।

केपी ओलीलाई संसदसँग घिन लाग्छ, उहाँलाई संसद देख्नै हुन्नः गगन थापा

‘केपी शर्मा ओलीलाई संसदसँग घिन लाग्छ, उहाँलाई संसद देख्नै हुन्न। उहाँले आफ्नो कार्यकालभरी संसदलाई हेप्नुभो। पटक–पटक भंग गर्नुभयो,' उनले भने, 'अहिले संसद पुनर्स्थापित भइसकेपछि उहाँलाई संसदसँग यति घृणा लाग्छकी यो संसदलाई उहाँले पंगु बनाउनुभएको छ। अहिलेको हर्कत हेर्दैगर्दा सिंगो नेकपा(एमाले) लाई संसद प्रतिको व्यक्तिको घृणाबाट पार्टीमा पुग्यो भन्न कर लागेको छ।

चुनवामा होमिएका अधिकांश कांग्रेसी पत्रकार विजयी

समग्रमा हेर्दा चुनावमा होमिएका काग्रेसी पत्रकार वडा प्रतिनिधि र वडा समितिमा पदाधिकारीमा चयन भएका छन्।

आफ्नै शक्तिले कांग्रेस देशकै ठूलो पार्टी हुन्छः नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट शक्ति विभाजन गरेर कांग्रेस ठूलो हुने नसोच्न कार्यकर्तालाई आग्रह गरे।

लोकतन्त्र र समाजवादलाई बलियो बनाउन कांग्रेस प्रतिबद्धः सभापति देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस लोकतन्त्र र समाजवादलाई बलियो बनाउन सधैँ प्रतिबद्ध रहेको बताएका छन्।

असोज नौ गते नै पालिका अधिवेशन गर्ने निर्णय : नेपाली काँग्रेस

बुधबार सिंहदरवारमा बसेको पार्टीको पदाधिकारी बैठकले पूर्वनिर्धारित समय (९ गते) नै पार्टीको पालिकास्तरीय अधिवेशन गर्ने निर्णय गरेको हो।

मतदाता नामावलीका लागि वडास्तरमा टोली खटाउन काँग्रेस पर्साको माग

उनले प्रत्येक वडामा टोली पठाएर नयाँ मतदाताहरुको नामावली दर्ता गर्न आवश्यक रहेकोले यसको लागि आयोगलाई ज्ञापन पठाएको जनाए।

कांग्रेसको पदाधिकारी बैठक बस्दै

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा दिउँसो ३ः०० बजे बस्ने बैठकमा समसायिक राजनीतिक विषयमा छलफल हुने उनका प्रमुख स्वकीयसचिव भानु देउवाले जानकारी दिए।

मन्त्रीले पिटे कार्यकर्ता

नेपाली कांग्रेसको क्रियाशील सदस्यतालाई लिएर प्रदेश नम्बर २ का महिला, वालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहले पार्टीका नेता तथा कार्यकर्तालाई हातपात गर्नुको साथै दुव्र्यहार गरेका छन्।

कांग्रेसमा वडासम्मै धाँजा

देउवाले पार्टी कब्जाको नीति लिएको आरोप लगाउँदै नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोइरालासहितले निर्वाचन समितिलाई डडेलधुराको पुनः वडा अधिवेशन गराउन पत्र बुझाएका छन्। संस्थापन पक्षले भने डडेलधुरामा विधिअनुसारै सदस्यता स्वीकृत गरिएको र वडा अधिवेशन भएको जिकिर गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्