७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

काँग्रेस उपसभापति गच्छदारको गृह नगरमा वरिष्ठ नेता पौडेल पक्षीय विजयी

नेपाली काँग्रेस संस्थापन समूहका नेता पार्टी उपसभापति विजयकुमार गच्छदारको गृह नगर सुनसरी दुहवीमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय उम्मेदवार विजयी भएका छन्।  

१४ औं महाधिवेशन अन्तर्गत आइतबार भएको निर्वाचनमा दुहवीका मेयर समेत रहेका वेदनारायण गच्छदार सभापतिमा विजय भएका हुन्। वेद सुरुवातमा विजयकुमार समूहमै रहेपनि पछिल्लो समय वरिष्ठ नेता पौडेल समूहमा लागेका हुन्। कुल २४० मत मध्ये गच्छदारले १६४ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी टेकचन्द विश्वासले ६९ मत प्राप्त गरे। खसेको मतमध्ये ७ मत बदर भएको छ। विश्वास विजयकुमारले समर्थन गरेका उम्मेदवार थिए।  

नेता बिजयकुमार गच्छदारले सुरुवातदेखि नै सभापतिका आकांक्षी रहेका वेद र खेमनारायण चौधरीलाई शुक्रबार रातभर सहमति गराएर तेस्रो व्यक्तिलाई सर्वसहमत बनाउन प्रयास गरे। जसका लागि गच्छदारले टेकचन्दको नाममा सर्वसहमत गर्नुपर्ने प्रस्ताव गरेका थिए। त्यही प्रस्ताव अनुसार खेमनारायणले सभापतिमा उम्मेदवारी दिएनन्। तर, वेदले भने विजयको प्रस्तावलाई अस्वीकार गर्दै सभापतिमा उम्मेदवारी दिए र फराकिलो मतले विजयी भए।  

वेदले विजयको प्रस्ताव अस्वीकार गरेसँगै निर्वाचनलाई प्रभावित पार्नका लागि एक दिन मतदानको मिति समेत सारिएको थियो।  

विजयको गृह नगर दुहवीमा वेद प्यानलकै उपसभापति पदमा शिवकुमार केसी तथा मेनुका पोखरेल खतिवडा निर्वाचित भए। यस्तै, सचिव पदमा रमेशकुमार रौनियार तथा अरविन्द सरदार निर्वाचित भएका छन्। सह–सचिवमा मनोज चौधरी तथा युनुस मियाँ निर्वाचित भएका छन्।

प्रकाशित: ११ आश्विन २०७८ ०७:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App