नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोईरालाले सभामुख अग्नीप्रसाद सापकोटाले माधव नेपालसहितका १४ जना सांसदहरुलाई पदमुक्त गराउने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको माग सम्बोधन गर्न नसक्ने बताएका छन्।
महामन्त्री कोईरालाले अध्यादेशबाट दल विभाजन भईसकेको अवस्थामा सभामुख सापकोटाले नेपालसहितका सांसदहरुलाई पदमुक्त गराउनुपर्ने नेकपा एमालेको माग पूरा गर्न नसक्ने प्रतिक्रिया दिएका हुन्।
सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले भने, ‘उनीहरुले के भन्छन् भने माधवकुमार नेपालसहित जति पनि मान्छेहरु छन्। उनीहरुलाई निस्काशन गर्नुस्। त्यो त सभामुखले गर्न सक्नु हुन्न। यसैमा विरोध भईरहेको छ। हाम्रो धारणा के हो भने अव विधेयक आईसकेको छ। २० प्रतिशतले टुक्रयाउन चाहन्छ भने टुक्रिन्छ। ती पार्टीहरु टुक्रियो । जुन विरोधमा आएको छ। त्यही अनुसार फ्लो गर्नु पर्छ।’
महामन्त्री कोइरालाले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न राजनीतिक दल सम्बन्धि अध्यादेश प्रतिस्थापन गर्न सरकारले विधेयक ल्याउन लागेको पनि बताए।
प्रकाशित: ११ आश्विन २०७८ ११:२७ सोमबार