८ वैशाख २०८१ शनिबार
राजनीति

मन्त्रिपरिषदलाई चाँडै पूर्णता दिन प्रधानमन्त्री गम्भीर हुनुहुन्छः नेता लेखक

सत्तारुढ प्रमुख दल नेपाली काँग्रेसका नेता रमेश लेखकले मन्त्रिपरिषद छिट्टै विस्तार हुने बताएका छन्।

पूर्वमन्त्री समेत रहेका काँग्रेस नेता लेखकले मन्त्रिपरिषदलाई चाँडै पूर्णता दिन प्रधानमन्त्री शेरबहादुर देउवा गम्भीर भएर लागि परेको दावी समेत गरे। सोमबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले विभिन्न राजनीतिक दलहरुको वैधानिकले गर्दा पनि मन्त्रिपरिषद विस्तारमा ढिलाई हुन गएको स्पष्ट पारे। 

‘मन्त्रिपरिषद विस्तार गर्ने कुरामा यो सरकारमा संलग्न हुने सबै राजनीतिक दलका मुख्य नेताहरुका बीचमा संवाद भईरहेको छ। छलफल भईरहेको छ। र चाँडै मन्त्रिपरिषद विस्तार हुन्छ भन्ने कुरा आग्रह गर्न चाहन्छु। ढिलो भएको छ। चाँडै गर्नुपर्छ। त्यसमा प्रधानमन्त्रीजी गम्भिर हुनुहुन्छ’, उनले भने।

नेता लेखकले पार्टीको आसन्न १४ औं महाधिवेशन तोकिएको मितिमा सम्पन्न हुने दावी समेत गरे। उनले दशैंअघि नै देशभरका सबै वडा र पालिकास्तरको अधिवेशन सम्पन्न गर्ने गरी काम भईरहेको पनि जानकारी दिए।  

नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशन मंसीर ९–१३ गते काठमाडौंमा हुँदैछ। तोकिएको सो मितिमै महाधिवेशन सम्पन्न हुने नेता लेखकको दावी छ।

प्रकाशित: ११ आश्विन २०७८ १२:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App