१२ असार २०८१ बुधबार
image/svg+xml

कोरोनाका बिरामी नराख्ने निजी अस्पताललाई कारबाही

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा मेडिकल कलेजले सरकारका निर्देशनबमोजिम कोरोना संक्रमितका लागि बेड छुट्याएर उपचार प्रक्रिया अघि नबढाए कारबाही गर्ने जनाएको छ। सरकारले एक साताअघि निजी अस्पताललाई २० प्रतिशत र मेडिकल कलेजलाई ३३ प्रतिशत बेड कोभिड १९ का बिरामीको लागि छुट्याउन निर्देशन दिएको थियो।

१६ सशस्त्र प्रहरी सङ्क्रमित

पोखरा महानगरपालिका–७ स्थित सशस्त्र प्रहरी गणमा कार्यरत १६ सुरक्षाकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बुधबार साँझ जारी गरेको विप्तिअनुसार प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो ।

उपचारको क्रममा मृत्यु भएका राजविराजका युवामा कोरोना पुष्टि

छिन्नमस्ता अस्पताल राजविराजमा उपचार सम्भव नभएर धारान पुर्याइएपछि मृत्यु भएका एक युवामा कोरोना पुष्टि भएको छ। ज्वरो र श्वासप्रश्वास सम्बन्धि समस्याको उपचारका लागि मंगलबार राजविराज नगरपालिका -४ का २८ वर्षीय युवकलाई भर्ना गरिएको थियो।

सिरहामा ११ जना प्रहरीसहित १५ जना संक्रमित थपिए

सिरहामा ११ जना प्रहरीसहित १५ जना संक्रमित थपिएका छन्। यससँगै सिरहामा एकैदिन २४ जना थपिएर संक्रमितको संख्या ३ सय ४ पुगेको छ।

डिसेम्बरसम्ममा कोरोना खोप बजारमा आउने चीनको दाबी

चीनका बेइजिङ र वुहान सहरमा यस्ता वर्कसप छन्, जहाँ एक वर्षमा क्रमशः १० करोड २० लाख र १० करोड खोप उतपादन हुन सक्छ ।

न्यायिक काममा कोरोनाले कस्तो असर पारेको छ ?

कोरोना संक्रमितको संख्या बढेसंगै सर्वोच्च अदालतका काम गम्भिर ढंगले प्रभावित भएका छन्। सर्वोच्च अदालतमा कोरोना संक्रमितको संख्या तीन पुग्दा न्यायिक काम गम्भिर रुपले प्रभावित भएको हो। मंगलबार मात्रै थप दुई कर्मचारीमा कोरोना संक्रमणको रिपोर्ट पोजिटिभ आएपनि न्यायालयका काम भने पहिल्यैदेखि प्रभावित छन्।

गण्डकी प्रदेश : दुई साताभित्र २५० आइसोलेसन बेड थपिने, गाउँका क्वारेन्टिन रित्तिदै

कोरोना भाईरस संक्रमण बढ्दै जान थालेपछि यहाँका विभिन्न अस्पतालमा आइसोलेसन बेडको संख्या थप्ने तयारी भएको छ। यसअघि विभिन्न अस्पतालमा रहेका आइसोलेसन बेड बिरामीले भरिएपछि थप २५० बेड संख्या थप्ने तयारी भएको हो। भदौ १५ गतेभित्र ती बेड थपिसक्ने गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बताएको छ।

देशभरका नागरिकलाई कोरोना खोप निःशुल्क दिने अस्ट्रेलियाको घोषणा

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले भने, ‘यो खोपको परीक्षण सफल भयो भने त्यसको उत्पादन र आपूर्ति गरेर अढाई करोड अस्ट्रेलियालीलाई निस्शुल्क उपलब्ध गराउने छौं ।’

दीर्घरोगीको मृत्युमा कोरोना कारक

मृत्यु भएका दुवैजना फरक खालका दीर्घरोगी थिए । पोखराका अस्पतालमा उपचारका क्रममा भर्ना भएका उनीहरूमध्ये तनहुँकी महिलाको कास्की सेवा अस्पतालमा मृत्यु भएको हो ।

मृतकमा कोरोना पुष्टि भएपछि..

मृतकलाई कोरोना पोजिटिभ भएको खबर लिएर प्रहरी पुग्नासाथ घाट पुगेका मलामी भागाभाग भएको एक सहभागीले नाम नखोल्ने सर्तमा बताए ।

नवलपरासी कांग्रेस उपसभापति गिरीको निधन

नेपाली कांग्रेस नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का उपसभापति सुवासचन्द्र गिरीको कोरोना भाइरसका कारण निधन भएको छ ।

उपमेयरद्वारा स्वाब परीक्षण इन्कार

रौतहटको कटहरिया नगरपालिकाकी उपमेयर नुरजहाँ खातुनले परीक्षणका लागि स्वाब दिन नमान्दा स्थानीय स्थानीय त्रसित बनेका छन् ।

बिपीमा प्लाज्मा थेरापीबाट संक्रमितको उपचार

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रमित व्यक्तिलाई प्लाज्मा थेरापीमार्फत उपचार गरिएको छ ।

श्रीमान् कोरोना संक्रमित, उपमेयरले पिसिआर परीक्षण गराउन मानिनन्

रौतहटको कटहरिया नगरपालिकाकी उपमेयर नूरजहाँ खातुनले कोरोना परीक्षणको लागि स्वाब दिन नमान्दा स्थानीयमा त्रासको वातावरण सिर्जना भएको छ। उपमेयर खातुनका श्रीमान् नसरुदीन अन्सारीमा कोरोना संक्रमण पुष्टि भएपछि पनि उपमेयर खातुनले आफ्नो कोरोना परीक्षण नमानेकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्