coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

उपमेयरद्वारा स्वाब परीक्षण इन्कार

रौतहटको कटहरिया नगरपालिकाकी उपमेयर नुरजहाँ खातुनले परीक्षणका लागि स्वाब दिन नमान्दा स्थानीय स्थानीय त्रसित बनेका छन् । पतिमा कोरोना संक्रमण पुष्टि भएपछि पनि उनले परीक्षणका लागि स्वाब दिन नमान्दा त्रासको वातावरण सिर्जना भएको हो । पतिको रिपोर्ट बलजफ्ती र षड्यन्त्रपूर्वक पोजेटिभ बनाएको आरोप लगाउँदै उपमेयर खातुनले आफूलाई केही नभएको दाबी गर्दै कुनै हालतमा पिसिआर टेस्ट नगराउने अडान लिएकी छन् । आफूमा कोरोनाको कुनै लक्षण नदेखिएकाले परीक्षण नगराउने उनको भनाइ छ ।  

पतिमा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट टे«सिङका आधारमा एकाघरका सबैको पिसिआर टेस्ट गर्नुपर्ने आफ्नो आग्रहलाई उपमेयर खातुनले इन्कार गरेको मेयर सियाराम कुशवाहाले बताए । उनका अनुसार जनप्रतिनिधि भएर पनि पिसिआर टेस्टका लागि परेको सामाजिक दबाबको पर्वाह नगरी उपमेयर बजारमा निष्फिक्री घुमिरहेकाले नगरवासी त्रसित बनेका हुन् । स्थानीयवासी, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी समेतले सल्लाह दिँदा पनि उनले आफ्नो ढिपी नछाडेको स्थानीयको भनाइ छ । पति १० दिनदेखि नगरपालिकाद्वारा सञ्चालित आइसोलेसनमा रहे पनि उपमेयर खातुनले आफ्नो पिसिआर टेस्ट गराउन नमानेको गुनासो आफूसम्म पनि आइपुगेको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव बताए । कन्ट्याक्ट ट्रेसिङ भएकाको पिसिआर गराउन इलाका प्रहरी कार्यालय गरुडालाई निर्देशन दिएको बताउँदै प्रजिअ यादवले पिसिआर नगराए उपमेयरको घर सिल गर्न प्रहरीलाई निर्देशन दिएको बताए । कटहरिया नगरपालिकामा कन्ट्याक्ट ट्रेसिङका आधारमा गत हप्ता नौजनामा संक्रमण पुष्टि भएको थियो । उपमेयरका पतिमा पनि कोरोनाको कुनै लक्षण देखिएको छैन ।

प्रकाशित: ३ भाद्र २०७७ ०२:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App