coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

डिसेम्बरसम्ममा कोरोना खोप बजारमा आउने चीनको दाबी

फाइल तस्बिर

चीनको फार्मा कम्पनी सिनोफार्मले यो वर्ष (सन् २०२०) का अन्त्यसम्ममा कोरोना खोप बजारमा आइसक्ने दाबी गरेको छ ।  

कम्पनीका अध्यक्ष लिउ जिङ्झेनले सञ्चारमाध्यमसँग खोपको तेस्रो चरण परीक्षण संयुक्त अबर इमिरेट्स (युएई) मा चलिरहेको जानकारी दिँदै खोप डिसेम्बरसम्ममा बजारमा आइसक्ने अपेक्षा रहेको बताएका हुन् ।  

खोप परीक्षणका क्रममा आफूले पनि डोज लिएको उनले बताएका छन् । जसको कुनै साइडइफेक्ट महसुन नभएको उनले चीनको सरकारी पत्रिका ग्लोबल टाइम्ससँग भनेका छन् ।  

चीनका बेइजिङ र वुहान सहरमा यस्ता वर्कसप छन्, जहाँ एक वर्षमा क्रमशः १० करोड २० लाख र १० करोड खोप उतपादन हुन सक्छ । यस खोपको दुई डोजकै १ हजार युआन (नेपाली १७ हजार १२ रुपैयाँ) पर्नेछ ।  

चीनमा कोरोना खोपको मूल्य सुनेर कतिपय चिन्तित भएका छन् । चिनियाँ सामाजिक सञ्जालमा धेरैले ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसका लागि यो मूल्य महँगो हुने भएकाले उनीहरूले खोप लगाउन नसक्ने प्रतिक्रिया दिइरहेका छन् ।  

तर चीनमा अहिले स्थानीयस्तरमा संक्रमण नदेखिएको र बाहिरबाट आउने व्यक्ति मात्र संक्रमित देखिएकाले ग्रामीण क्षेत्रमा यसको असर कम छ ।  

हाल विश्वभर झन्डै २ सय प्रकारका कोरोना खोपको परीक्षण चलिरहेको छ । तीमध्ये २० वटा भन्दा बढी मानवीय परीक्षणका लागि तयार भएका छन् । बिबिसी

प्रकाशित: ३ भाद्र २०७७ ०९:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App