१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

नवलपरासी कांग्रेस उपसभापति गिरीको निधन

पशुपति आर्यघाटमा रहेको विद्युतीय शवगृहमा अन्त्यस्टि गर्दै नेपाली सेना ।तस्बिर : नागरिक

नेपाली कांग्रेस नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का उपसभापति सुवासचन्द्र गिरीको कोरोना भाइरसका कारण निधन भएको छ । ३८ वर्षीया गिरीको ललितपुरस्थित पाटन अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान निधन भएको हो ।  

केही दिनअघि बुटवलमा पित्तथैलीको शल्यक्रिया गराएका गिरीलाई स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौं ल्याइएको थियो । उपचारकै क्रममा उनमा कोरोना संक्रमण देखिएको थियो । नेपालमा कोरोनाबाट निधन हुने गिरी राजनीतिक दलमा आबद्ध अहिलेसम्मकै सबैभन्दा उच्च पदस्थ व्यक्ति हुन् ।  

उनको मंगलबार नै पशुपति आर्यघाटमा रहेको विद्युतीय शवगृहमा अन्तिम संस्कार गरिएको छ । त्यसक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं सोही जिल्लाका सांसद देवेन्द्रराज कँडेल आर्यघाट पुगेका थिए । गिरीको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । स्वर्गीय गिरीले नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेको पनि देउवाले उल्लेख गरेका छन् ।

प्रकाशित: ३ भाद्र २०७७ ०२:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App