१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

उपचारको क्रममा मृत्यु भएका राजविराजका युवामा कोरोना पुष्टि

छिन्नमस्ता अस्पताल राजविराजमा उपचार सम्भव नभएर धारान पुर्याइएपछि मृत्यु भएका एक युवामा कोरोना पुष्टि भएको छ। ज्वरो र श्वासप्रश्वास सम्बन्धि समस्याको उपचारका लागि मंगलबार राजविराज नगरपालिका -४ का २८ वर्षीय युवकलाई भर्ना गरिएको थियो। राजविराजमा उपचार सम्भव नभएपछि ती युवालाई मंगलबार नै थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो। धरान पुर्याीए लगत्तै मृत्यु भएका ती युवाको शव राजविराज ल्याई मंगलबार नै स्वाब संकलन गरी अन्तिम संस्कार गरिएको थियो। बुधबार साँझ उनको परीक्षण रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य प्रमुख दुनियालाल यादवले जानकारी दिए। यससँगै सप्तरीमा  कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ।  

 

 

प्रकाशित: ३ भाद्र २०७७ १६:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App