१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सिरहामा ११ जना प्रहरीसहित १५ जना संक्रमित थपिए

सिरहामा ११ जना प्रहरीसहित १५ जना संक्रमित थपिएका छन्। यससँगै सिरहामा एकैदिन २४ जना थपिएर संक्रमितको संख्या ३ सय ४ पुगेको छ।  

बुधबार ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षकसहित १० जना प्रहरीमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख कृष्णदेव यादवले बताए। कन्ट्याक्ट ट्रेसिङका आधारमा पिसिआर परीक्षण गरिएका मध्ये तीनजना र अर्का एक जना गोलबजार क्वारेन्टिनका छन्। एक जना नरहा गाउँपालिका क्वारेन्टिनका पुरुषमा संक्रमण पुष्टि भएको छ।  

सिरहा नगरपालिका–१६ स्थित माडरका एक जना प्रहरीसहित ९  जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ। स्वास्थ्य प्रमुख यादवका अनुसार भिटिएम अभावमा स्वाब संकलन प्रभावित भएको छ। पालिकाहरुले भिटिएम खरिद नगरेसम्म स्वाब संकलनकार्य अगाडि बढाउन सक्ने अवस्था नरहेको उनले बताए। पिसिआर परीक्षणको रिपोर्ट समेत सात दिन ढिला गरी आउने गरेको उनले बताए।

 

प्रकाशित: ३ भाद्र २०७७ १५:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App