७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

देशभरका नागरिकलाई कोरोना खोप निःशुल्क दिने अस्ट्रेलियाको घोषणा

फाइल तस्बिर

अस्ट्रेलियाले आफूले निर्माण गरिरहेको कोरोनाविरुद्धको खोपको परीक्षण सफल भए यो आफ्ना नागरिकलाई निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ ।  साथै खोप देशभर अनिवार्य गरिने पनि अस्ट्रेलियाली सरकारले जनाएको छ ।  

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले भने, ‘यो खोपको परीक्षण सफल भयो भने त्यसको उत्पादन र आपूर्ति गरेर अढाई करोड अस्ट्रेलियालीलाई निस्शुल्क उपलब्ध गराउने छौं ।’  

यसका लागि एक्स्ट्राजेनेकासँग सम्झौता भइसकेको जानकारी दिएका छन् । एक्स्ट्राजेनेकाले अक्सफोर्ड युनिभर्सिटीसँग मिलेर खोप बनाइरहेको छ ।  

खोप अहिले तेस्रो चरणको परीक्षणमा छ र जसको नतिजा चाँडै आउने अपेक्षा गरिएको छ ।  

अहिले अस्ट्रेलियामा कोरोना भाइरसका सात हजारभन्दा धेरै निको हुन बाँकी संक्रमित छन् । केही दिनयता बिस्तारै अस्ट्रेलियामा कोरोना भाइरसको संक्रमण घट्दो क्रममा देखिएको छ । बिबिसीबाट

प्रकाशित: ३ भाद्र २०७७ ०९:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App