९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

मृतकमा कोरोना पुष्टि भएपछि..

मधुवन नगरपालिका–९ का ७० वर्षीय भीमबहादुर डाँगीको शव अन्तिम संस्कार गर्न आफन्तहरू मंगलबार दिउँसो कसुम्बा घाटमा पुगे । हिन्दु धर्म संस्कारअनुसार डाँगीको पार्थीव शरीरमा दागबत्ती दिने काम भयो । तर जब शव जलिरहेको थियो त्यहीबेला प्रहरी त्यहाँ पुगे । प्रहरी देख्दा सबैको मनमा चिसो भयो । मलामी भागाभाग भए । मृतकलाई कोरोना पोजिटिभ भएको खबर लिएर प्रहरी पुग्नासाथ घाट पुगेका मलामी भागाभाग भएको एक सहभागीले नाम नखोल्ने सर्तमा बताए । ‘सामान्य अवस्थामा जस्तै गरी अन्तिम संस्कार सबैजना सहभागी हुन गएका थिए,’ उनले भने, ‘मृतक कोरोना पोजिटिभ भएको खबर आउँदा भागाभाग भयो ।’ छिनभरमै त्रासको छाएको उनले सुनाए ।  

शव जलेर सकिनै लागेका बेला प्रहरी कोरोना पोजिटिभ भएको खबर लिएर पुगेका थिए । प्रहरीले आफन्त र शव छोएकाको पहिचान गरिसकेको छ । अन्य मलामीलाई होम क्वारेन्टिनमा बस्न आग्रह गरेको मधुवन नगरप्रमुख कृष्ण केसीले बताए । ‘मलामी गएकालाई पनि होम क्वारेन्टिनमा बस्न लगाएका छौं,’ उनले भने, ‘सबै मलामीले शव नछोए पनि होम क्वारेन्टिनमा बस्न अनिवार्य गरेकाले ठूलो समस्या छैन ।’ उनका अनुसार कन्ट्याक्ट ट्रेसिङको आधारमा सबै स्वाब परीक्षणको प्रक्रिया अघि बढाउन स्वास्थ्य प्रमुखलाई निर्देशन दिइसकिएको नगर प्रमुख केसीले जानकारी दिए ।

प्रकाशित: ३ भाद्र २०७७ ०२:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App