७ आश्विन २०८१ सोमबार
image/svg+xml

कोरोना संक्रमितलाई गाउँलेको नि:शुल्क भोजन

कोरोना संक्रमितले अपमान हुने डरका कारण सकेसम्म लुकाउन समेत खोजेको देखिन्छ। तर, म्याग्दीको एक गाउँमा कोरोना संक्रमित भएर आएकालाई गाउँलेले सम्मान र प्रोत्साहन सहित निशुल्क भोजनको व्यवस्था मिलाएका छन्।

काठमाडौं परिसरका डीएसपी केसीको कोरोना संक्रमणबाट मृत्यु

उनलाई कोरोना संक्रमण देखिएपछि महराजगञ्जस्थित प्रहरी अस्पतालमा भर्ना गरिएको थियो। उपचारको क्रममा बुधबार राति मृत्यु भएको अस्पतालले जनाएको छ।

कोरोना नियन्त्रणमा उदाहरण बन्दै स्थानीय तह

दोस्रो लहरको कोभिड–१९ संक्रमण तीव्ररूपमा फैलिइरहँदा म्याग्दीका स्थानीय तहको तयारी र सक्रियता पहिलो लहरभन्दा निकै बलियो र प्रभावकारी देखिएको छ।

कोरोना संक्रमणबाट एकैदिन मत्यु हुने अहिलेसम्मकै उच्च

यसअघि वैशाख २८ गते २ सय २५ जना मृत्यु भएको तथ्यांक रहेको छ। आज भने २४६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

रोल्पामा संक्रमित संख्या ५ सय नाघ्यो, महामारीसँग जुध्न छैन योजना

जिल्ला प्रसाशन कार्यालय रोल्पाको तथ्याङ्कअनुसार अहिलेसम्म ३६ जनाले कोरोना जितेका छन्। स्थानीय प्रशासनले जेठ ५ सम्म घोषणा गरेको निषेधाज्ञा १५ दिन थपेर जेठ २० गतेसम्म पुर्याएको छ।

कोरोना संक्रमण फैलन नदिन जुट्यो पातारासी गाउँपालिका

जुम्लाको पातारासी गाउँपालिका कोरोना रोकथाम तथा नियन्त्रणमा जुटेको छ । पहिलो पटक पातारासी गाउँपालिकाले संस्थागत आइसोलेसन र कोभिड अस्पताल सञ्चालनमा ल्याएको हो । यो संगसंगै जनप्रतिनिधि र कर्मचारीको टोली सुरक्षा मापदण्डको पालना गर्दै गाउँगाउँमा सचेतना फैलाउन परिचालन समेत भइसकेको छ ।

धनकुटामा बढ्दै संक्रमित संख्याः ८४ जनामा कोरोना पुष्टि

धनकुटामा दोस्रो चरणको कोरोना भाइरसबाट संक्रमित हुने संख्या तीव्र रुपमा बढ्न थालेको छ। धनकुटा अस्पतालको ल्यावमा मंगलबार गरिएको परीक्षणका क्रममा ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख तुलसीप्रसाद गुरागाइँले बताए।

वीपी प्रतिष्ठानमा तीन जना संक्रमितको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप तीन जना कोरोना संक्रमितको उपचारको क्रममा निधन भएको छ। मृत्यु हुनेमा मोरङका दुई जना र उदयपुरका एक जना छन्।

सिन्धुलीमा संक्रमितको शव जलाइसकेपछि घाट पखाल्नुपर्ने

सिन्धुलीमा कोरोना संक्रमणबाट मृत्यु भएकाको शव जलाइसकेपछि घाटलाई पानीले अनिवार्य पाखाल्नुपर्ने भएको छ।

महामारीमा पेट्रोलियममा पनि मार

कोरोना महामारीबीच आर्थिक क्रियाकलापमा कमी आए पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य क्रमशः बढ्न थालेको छ। यसले विश्वभर पेट्रोलियम पदार्थको भाउ उकालो लागेको छ। आफ्नै उत्पादन भएका मुलुकले मूल्य आकाशिन नदिन विभिन्न उपाय अपनाएका छन्।

नेपालमै अक्सिजन सिलिण्डर बनाउन सक्ने प्रविधिको सफल परीक्षण

ललितपुरमा रहेको नेपाल विज्ञान तथा प्रविधि प्रतिण्ठान(नाष्ट) ले नेपालमा पहिलोपटक अक्सिजन ग्यास सिलिण्डरको उत्पादन गर्ने प्रविधिको परीक्षण गरेको हो।

महाव्याधिमा मनकारीः कोरोना संक्रमितको व्यवस्थापनमा समर्पित युवाहरू

उनीहरु तत्काल प्रादेशिक अस्पताल पुगेर शवलाई प्लाष्टिकको ब्यागमा राखेर बाहिर ल्याइदिन अस्पताललाई आग्रह गर्यो। तर, अस्पतालले शव आफैं लिएर जानुपर्ने बताए। यी युवाहरुसँग शव व्यवस्थापनको पूर्व अनुभव थिएन। तर, जानकारी जरुर थियो।

संक्रमितको उपचारमा फाउन्डेसनको सबा दुई करोड

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न र संक्रमितको उपचारका लागि सोहनलाल– रामप्यारीदेवी फाउन्डेसनले विभिन्न चार सरकारी अस्पताललाई सहयोगस्वरूप दुई करोड २४ लाख रूपैयाँ उपलब्ध गराउने भएको छ।

उत्तराखण्डमा बालबालिकामा तीव्र गतिले फैलियो कोरोना संक्रमण

भारतको उत्तराखण्डमा बालबालिकाहरुमा कोरोना भाइरसको संक्रमण बढी देखिएको छ। त्यहाँ डेढ महिनामा १६ हजार जना बालबालिकामा संक्रमण फेला परेको छ।

नियमित अन्तर्राष्ट्रिय उडान खोल्न माग

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले सीमित संख्यामा भए पनि नियमित अन्तर्राष्ट्रिय उडान खोल्न माग गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्